अपटेड समाचार

टि.सि.एल. को ‘बडा अफर Thailand को सफर’ स्किमको लक्की–ड्र सम्पन्न

काठमाडौं । यसपालीको महान चाडपर्वलाई लक्षित गरी विश्वको टप २ टि.भि.ब्राण्ड टि.सि.एल. ले “बडा अफर Thailand को सफर” नामक स्किमको लक्की–ड्र टि.सि.एल.को आधिकारिक फेसबुक पेजमार्फत प्रत्यक्ष प्रसारण गरी टंगालस्थित सोरुममा सम्पन्न गरिएको छ ।

भदौ १९ गते देखि कात्तिक ३० गतेसम्म लागू गरिएको योजनामा टि.सि.एल.ब्राण्डको प्रत्येक उत्पादनहरु (एल.इ.डि. टि.भि., चेष्ट फ्रिजर, एअर कन्डिस्नर, वाटर डिस्पेन्सर र वासिङ्ग मेसिन)को खरिदमा नगद छुटका साथ भाग्यशाली ग्राहक महानुभावहरुका लागि लक्की–ड्रमार्फत थाइल्याण्ड भ्रमण राखिएको थियो ।

फेसबुकबाट लाइभ गरिएको लक्की–ड्रमा वालिङ बजारकी सिता लमिछाने र देवचुलीकी सुमित्रा सापकोटा गरी २ भाग्यशाली जोडीहरुले थाइल्याण्ड जाने अवसर प्राप्त गरेको कम्पनीले जनाएको छ ।

Leave a Reply