अनुहार स्क्यान गरेपछि मात्र चीनमा नयाँ ग्राहकले मोबाइल सेवा पाउने, फेसियल रिकोग्निसन अनिवार्य

Technology Khabar १७ मंसिर २०७६, मंगलवार

अनुहार स्क्यान गरेपछि मात्र चीनमा नयाँ ग्राहकले मोबाइल सेवा पाउने, फेसियल रिकोग्निसन अनिवार्य
सांकेतिक

काठमाडौं । चीनले आइतवारदेखि मोबाइल फोन यूजर्सका लागि फेसियल रिकोग्निसनको नयाँ कानून लागू गरेको छ । नयाँ नियमअनुसार चीनका टेलिकम अपरेटरहरुले आफना प्रयोगकर्ताहरुको फेसलाई स्क्यान गरेर मात्र नयाँ मोबाइल फोन सेवाको लागि दर्ता गर्न सक्नेछन् ।

चिनियाँ सरकारले भने सो कदम धोकाधडी रोक्ने उद्धेश्यले ल्याएको बताएको छ ।

गएको सेप्टेम्बरमा घोषणा गरिएको नयाँ नियमअन्तरगत चीनमा लाखौं थप मानिसहरु फेसियल रिकोग्निसन टेक्नोलोजीको सिधा प्रयोगमा आउनेछन् ।

चीनको मिनिष्ट्री अफ इन्डष्ट्रि एण्ड इनफर्मेसन टेक्नोलोजी(एमआईआईटी) ले कुन कम्पनीबाट सो प्रविधि टेलिकम कम्पनीहरुका लागि उपलब्ध गराईएको बताएको छैन् । चीनमा सेन्सटाइम र मेग्भीजस्ता फेसियल रिकोग्निसन सफ्टवेयरका विश्वका नेतृत्वदायी कम्पनीहरु संचालनमा छन् ।

नयाँ नियमपछि चीनका सम्पूर्ण टेलिकम अपरेटरहरुले फेसियल रिकोग्निसन टेक्नोलोजी अनिवार्य प्रयोग गर्नुपर्नेछ भने नयाँ मोबाइल फोन एकाउन्ट खोल्नका लागि मानिसहरुको पहिचान भेरिफाई सो प्रविधि प्रयोग गर्नेछन् ।

यो नियम चीनका ठूला तीन टेलिकम कम्पनीहरु चाइना टेलिकम, चाइना यूनिकम र चाइना मोबाइलले लागू गर्नुपर्नेछ । नयाँ ग्राहकहरुका लागि लागू भएपनि पुराना ग्राहकहरुका लागि भने कसरी यो कानून लागू हुन्छ भन्ने अझै स्पष्ट छैन् ।

चीनमा फेसियल रिकोग्निसन टेक्नोलोजी यसअघि नै एयरपोर्ट, सुपरमार्केट,लगायतमा प्रयोग भईरहेका छन् ।टेक जायन्ट अलिबाबाले समेत आफ्ना ग्राहकहरुलाई फेसियल रिकोग्निसन प्रविधिमार्फत हेमा सूपरमार्केट चेनमा रकम भुक्तानी गर्न सकिने सुविधा दिएको छ ।

चीनले सो नयाँ कानून लागूगरेसँगै त्यसको दूरुपयोग हुने र व्यक्तिगत गोपनियता भंग हुने आशंका समेत गरेका छन् । रोयटर्स

प्रकाशित: १७ मंसिर २०७६, मंगलवार

Comments are closed.

Loading...