भाइरसयुक्त विज्ञापनहरुको टार्गेटमा विण्डोज यूजरहरु देखिए, लिनक्समा भने सबैभन्दा न्यून

Technology Khabar १७ मंसिर २०७६, मंगलवार

भाइरसयुक्त विज्ञापनहरुको टार्गेटमा विण्डोज यूजरहरु देखिए, लिनक्समा भने सबैभन्दा न्यून

काठमाडौं ।

काठमाडौं । मालिसियस विज्ञापन अर्थात भाइरसयुक्त विज्ञापनहरु सबैभन्दा धेरै विण्डोज यूजर्सलाई लक्षित गरेर राखिने गरेको अनुसन्धानमा देखिएको छ ।

साइबर सेक्यूरिटी फर्म डेभकनले सार्वजनिक गरेको तथ्यांकअनुसार माल्भटाईजिंग भनिने त्यस्ता किसिमका विज्ञापन अभियानहरुले विण्डोज प्रयोगकर्ताहरुलाई लक्षित गर्ने गरेको छ ।

कम्पनीले आन्तरिकरुपमा संकलन गरेको डाटाअनुसार सन् २०१९ जुलाई ११ देखि नोभेम्बर २२ तारिखसम्मका विज्ञापनहरु हेर्दा ६१ प्रतिशत मालिसियल विज्ञापनहरुको लक्ष्य विण्डोज प्रयोगकर्ताहरु रहेका थिए ।

सो डाटाअनुसार त्यस्ता विज्ञापनहरुमा यूजर्सलाई जोखिमयुक्त साइटहरुमा रिडिरेक्ट गर्न सकिने गरि राखिएका थिए भने यूजर्सले मालवेयर डाउनलोड गर्ने सम्मको चलाखी अपनाईएको थियो ।

डेभकनकाअनुसार यसो हुनुमा विण्डोजको ठूलो अपरेटिंग सिस्टम बजार हिस्सा हुनुले गर्दा भएको हो । किनकी विगत ३० वर्षमा आएका अधिकांश मालवेयरहरुले विण्डोज डिभाइसहरुलाई टार्गेट गरेका थिए ।

डाटाअनुसार विण्डोज बाहेक माल्र्भटाईजिंग क्याम्पेनले विगत ४ महिनादेखि भने चकित पार्ने किसिमले क्रोम अपरेटिंग सिस्टमलाई समेत लक्षित गरिरहेको छ ।

डेभकनकाअनुसार २२ प्रतिशत मालिसियस विज्ञापनहरुले गूगलको क्रोम ओएसलाई लक्षित गरेका थिए भने म्याकओएसलाई १०.५ प्रतिशत, आईओएसका लागि ३.२ प्रतिशत, एन्ड्रोयड ओएसका लागि २.१ प्रतिशत र आईप्याडओएसका लागि ०.८ प्रतिशत भेटेका थिए ।

सबैभन्दा कम टार्गेट भने लिनक्स अपरेटिंग सिस्टममा देखिएको छ । सो सिस्टममा केबल ०.३ प्रतिशत मालिसियल विज्ञापनहरु कम्पनीले भेटेको थियो ।

यस्तै अर्को सेक्यूरिटी फर्म कन्फियन्टले भने सम्पूर्ण सिस्टमहरुको बारेमा रिपोर्ट प्रकाशित गरेको छ । कन्फियन्टकाअनुसार २०१९ को तेस्रो त्रैमासमा कम्पनीले १२० अर्ब विज्ञापनहरु विभिन्न ७५ विज्ञापन नेटवर्कहरुबाट आएको विश्लेषण गरेको छ ।

कम्पनीले कुनै न कुनै बिन्दुमा हरेक विज्ञापन प्लेटफर्महरुको आफ्नो प्लेटफर्मलाई माल्र्भटाइजरहरुले प्रत्येक त्रैमासमा दूरुपयोग गरेको भेटिएको बताएको छ ।

कम्पनीकाअनुसार अध्ययन अनुसार तेस्रो त्रैमासमा करिब ६० प्रतिशत मालिसियल विज्ञापनहरु केबल ३ वटा प्लेटफर्महरुबाट मात्रै आएका थिए । एजेन्सी

easy care

प्रकाशित: १७ मंसिर २०७६, मंगलवार

ताजा समाचार