निर्धारित फ्रिक्वेन्सी ब्याण्ड बाहिर आईएमएस ब्याण्ड उपकरण प्रयोग, प्राधिकरणले दियो चेतावनी

Technology Khabar १६ मंसिर २०७६, सोमबार

निर्धारित फ्रिक्वेन्सी ब्याण्ड बाहिर आईएमएस ब्याण्ड उपकरण प्रयोग, प्राधिकरणले दियो चेतावनी

काठमाडौं ।

काठमाडौं। नेपाल दूरसंचार प्राधिकरणले निर्धारित फ्रिक्वेन्सी ब्याण्डभन्दा बाहिरको ब्याण्ड प्रयोग गरेर रेडियो मोडेममार्फत सेवा संचालन गरिएको भन्दै सो कार्य नगर्न सूचना जारी गरेको छ ।

प्राधिकरणले ग्रामीण दूरसंचार विकास कोष(आरटिडीएफ) परिचालन गरी संचालित ब्रोडब्याण्ड एक्सेस परियोजना अन्तरगत जडान भएका आईएमएस ब्याण्ड उपकरणहरुले निर्धारित फ्रिक्वेन्सी ब्याण्ड भन्दा बाहिरको ब्याण्ड प्रयोग गरेको पाईएको भन्दै त्यस्तो नगर्न नगराउन भनेको छ ।

प्राधिकरणले त्यस्तो गरेको भेटिएमा कारबाही गर्ने चेतावनी समेत दिएको छ ।

प्राधिकरणकाअनुसार तोकिएको फ्रिक्वेन्सी ब्याण्डमा अनुमति दिईएको रेडियो मोडेमअनुसार सेवा संचालन गर्नुपर्ने हुन्छ । जसमा २.४ गीगाहर्ज ब्याण्डको लागि २.४ गीगाहर्जदेखि २.४८३५ गीगाहर्जसम्म, ५.१ गीगाहर्ज ब्याण्डको लागि ५.१५ गीगाहर्जदेखि ५.३५ गीगाहर्जसम्म र ५.८ गीगाहर्ज ब्याण्डका लागि ५.७२५गीगाहर्जदेखि ५.८२५ गीगाहर्जसम्म तोकिएकोछ ।

प्राधिकरण्काअनुसार उल्लेखित ब्याण्डहरुमा प्रयोग हुने फ्रिक्वेन्सीमा एकाधिकार हुनेछैन भने उक्त फ्रिक्वेन्सी प्रयोग गर्दा नन प्रोटेक्सन तथा शेयर्ड बेसिसमा गर्नेपर्नेछ ।

४गीगाहर्ज र ५.८ गीगाहर्ज ब्याण्डमा ट्रान्समिटर पावर तथा इफेक्टिभ आइसोट्रोपिक रेडिएसन पावर(इआईआरपी)को अधिनमा रही प्रयोग गर्नुपर्नेछ । यसको लागि अधिकतम ट्रान्समिटरको पावर निस्कने १ वाट(३०डिबिएम) र अधिकतम इफेक्टिभ आइसोट्रोपिक रेडिएसन पावर(इआईआरपी) ४वाट(३६डिबिएम) हुनुपर्नेछ ।

५.१गीगाहर्ज ब्याण्डलाई भने तोकिएको वायरलेस एक्सेस सिस्टम/रेडियो लोकल एरिया नेटवर्कमा प्रयोग गर्नुपर्नेछ ।

बिस्तृत जानकारीको लागि  प्राधिकरणको सूचना हेर्न यहाँ क्लिक गर्नुस् ।

easy care

प्रकाशित: १६ मंसिर २०७६, सोमबार

ताजा समाचार