वानप्लस ७ टी प्रो नेपालमा सार्वजनिक, बजार मूल्य १ लाख रुपैयाँ

Technology Khabar १६ मंसिर २०७६, सोमबार

वानप्लस ७ टी प्रो नेपालमा सार्वजनिक, बजार मूल्य १ लाख रुपैयाँ
वनप्लस ७टी प्रो

काठमाडौं ।

काठमाडौं । वानप्लस कम्पनीले आफ्नो प्रिमियम फल्यागसीपको नयाँ स्मार्टफोन वानप्लस ७ टी प्रो नेपालमा सार्वजनिक गरेको छ ।

वानप्लस ७ टी प्रो मा ६.६७ इन्चको फ्लूड एमोलेड एचडी प्लस रिजोलूसन रिजोलुशन छ र कर्निङग गोरिला ग्लास ५ र एचडीआर १० सर्टिफाइड ९० हर्ज डिस्प्लेको साथमा १९.५ः९ स्क्रीन रेसियो रहेको छ । यसलाई शक्तिशाली स्न्यापड्रागन ८५५ अक्टा कोर प्रोसेसर र सेभेन नानोमिटर एड्रेनो ६४० चिपसेट रहेको छ । यो एन्ड्रोइड १० मा आधारित अक्सिजन १०.०.४ मा चल्छ । वानप्लस ७ टि प्रो मा स्टोरेजका लागि २५६ जीबी यूएफएस ३.० स्टोरेज र ८ जीबी र्याम छ ।

वानप्लस ७ टी प्रो मा मोटोराइज्ड पपअप १६ एमपी फ्रन्ट क्यामेरा,f/1.6 अपर्चर भएको ४८ एमपी प्रमुख क्यामेरा, १६ एमपी अल्ट्रावाइड, ८ एमपी, तीन गुणा अप्टिकल जुम, पिडीएएफ, लेजर एएफ, ओआईएस डुअल एलईडी फ्लास, एचडीआर र पानारोमा जस्ता विशेषता रहेको छ । यसको साथै सुरक्षालाई मध्यनजर गर्दै वानप्लस ७ टी प्रो मा ०.२८ सेकेण्डको फेस अनलक र अन्डर डिस्प्ले फिङगरप्रिन्ट रहेको छ ।

वानप्लस ७ टी प्रो मा वाईफाई कनेक्टीभिटी, ब्लुटुथ ५.०, एनएफसी, जीआरएस र डब्लुल्यान जस्ता विशेषता छ । वानप्लस ७ टी प्रो मा शक्तिशाली ४०८५ एमएएच फास्ट ब्याट्री चार्जर ३० वाट (५ भी, ६ ए) चार्जिङग टेक्नोलोजी रहेको छ ।

वानप्लस ७ टी प्रो हेज ब्लु भरियन्टमा रु ९९,९९९ मा उपलब्ध हुने कम्पनीले जनाएको छ ।

Sajilo Visa

प्रकाशित: १६ मंसिर २०७६, सोमबार

तपाइको प्रतिक्रिया