भारतमा सस्तो मोबाइल सेवाको समय सकियो, ४२ प्रतिशतसम्म बढाए मोबाइल अपरेटरहरुले शुल्क

Technology Khabar १६ मंसिर २०७६, सोमबार

भारतमा सस्तो मोबाइल सेवाको समय सकियो, ४२ प्रतिशतसम्म बढाए मोबाइल अपरेटरहरुले शुल्क

काठमाडौं ।

काठमाडौं । छिमेकी मुलुक भारतमा अब सस्तो मोबाइल फोन सेवाको समय सकिएको छ । कम्पनीहरुले आफ्नो सेवाको महशुल दर बढाउने घोषाणा गरेसँगै यसअघि विश्वको सस्तो मोबाइल शुल्क र डाटा शुल्क दर रहेको भनिएको भारतमा अब सस्तो दरमा सेवा पाउने दिनहरु गएका छन्।

भारतीय टेलिकम अपरेटरहरुले आइतवार आफ्नो नयाँ शुल्क दरहरु घोषणा गरेका छन् । सबैभन्दा पहिले भोडाफोन आईडिया र एयरटेलले आफ्नो फोनकल दर बढाएको घोषणा गरेको छ भने सस्तो दूरसंचार सेवा दिँदै आएको रिलायन्स जियोले पनि सेवा शुल्कमा वृद्धि गरेको छ ।
नयाँ सेवा शुल्क करिब ४० प्रतिशतले महंगो भएको मिडिया रिपोर्टहरुमा उल्लेख छ ।

भोडाफोन आइडीयाको नयाँ दर

भोडाफोनले प्रिपेड सेवाहरुका लागि २, २८ ,८४ र ३६५ दिनको लागि नयाँ प्लानहरु ल्याएको छ जुन पुरानो प्लान भन्दा करिब ४० प्रतिशतसम्म महंगो रहेको छ ।

भोडाफोन आईडियाले अफ नेट कलको सीमा निधारित गरेको छ भने एयरटेलले निर्धारित सीमाभन्दा अधिक अफ नेट कल गर्दा भारतीय ६ पैसा प्रति मिनेटको शुल्क असुल गर्ने बताएको छ ।

भोडाफोनले अनलिमिटेड मोबाइल र डाटा प्लान पनि ल्याएको छ । कम्पनीकाअधिकारीकाअनुसार अनलिमिटेड श्रेणीको सबै पुराना प्लानको साटो यहि ३ डिसेम्बरदेखि नयाँ प्लान लागू हुनेछन् ।

कम्पनीले देशको शिर्ष दूरसंचार सेवा प्रदायक कम्पनी भोडाफोन आइडिया लिमिटेडले आफ्ना नयाा प्लानहरु ३ डिसेम्बरदेखि लागू हुने जानकारी दिएको छ ।

सेप्टेम्बर महिनाको त्रैमासमा भोडाफोन आइडियालाई ५०,९२१ करोड भारु घाटा लागेको थियो ।

एयरटेलले शुल्क बढाएसँगै प्रिमियम कन्टेन्ट दिने

यसैगरि एयरटेलले पनि आफ्नो सेवा शुल्क वृद्धि गर्दै मोबाइल ग्राहकहरुका लागि संसोधित प्लान्सहरु डिसेम्बर ३ देखि लागू हुने बताएको छ ।

कम्पनीले करिब ४२ प्रतिशतसम्मको सेवा शुल्क वृद्धि गरेको छ । एयरटेलको ट्यारिफ भारतीय ५० पैसादेखि २.८५ भारु प्रतिदिन सम्म महंगो भएको छ । कम्पनीले सबैभन्दा धेरै वार्षिक प्लानमा वृद्धि गरेको छ । यसमा करिब ४१.२ प्रतिशतले सेवा शुल्क बढाउँदै यसअघिको दर १,६९९ भारुको स्थानमा २,३९९ भारु तोकेको छ ।

एयरटेलले मूल्य वृद्धि गरेसँगै ग्राहकहरुलाई आकर्षित गर्नको लागि एयरटेल एक्सट्रीमबाट प्रिमियम कन्टेन्टहरु दिँदै १०,००० मुभीहरु, विशेष शो, र ४०० टिभी च्यानलहरुलगायतमा पहुँच दिने जानकारी दिएको छ ।

जियोले पनि बढायो सेवा दर

अर्को कम्पनी रिलायन्स जियोले भने आफ्ना नयाँ दरहरु घोषणा गर्दै ६ डिसेम्बरदेखि लागू हुने जनाएको छ ।

जियोले फरक फरक प्लानहरु सार्वजनिक गर्दै करिब ४० प्रतिशतसम्मको शुल्क वृद्धि गरेको छ । तर कम्पनीले नयाँ प्लानअन्तरगत ग्राहकहरुलाई ३०० प्रतिशत अधिक फाइदा हुने दाबी गरेको छ ।

जियोले फेयर यूज पोलिसीअन्तरगतर अर्को टेलिकम अपरेटरकोमा जाने कलको सीमा निर्धारण गरेको छ जुन अनलिमिटेड प्लानमा लागू हुनेछ ।

जियोले छिटै अल इन वान प्लान ल्याउनेछ, जसले ग्राहकहरुलाई अनलिमिटेड भ्वाइस र डाटा उपलब्ध हुनेछ, यी प्लान्सअन्तरगत ग्राहकहरुले अन्य मोबाइल नेटवर्कहरुमा पनि सजिलै कल गर्न सक्नेछन्, तर यी प्लानहरु ४० प्रतिशतसम्म महंगा हुनेछन्, कम्पनीले भनेको छ ।

जियोले भारतीय टेलिकम उद्योगलाई बचाईराख्न आवश्यक कदम समेत उठाउने स्पष्ट पारेको छ ।

एजेन्सीका साथमा

easy care

प्रकाशित: १६ मंसिर २०७६, सोमबार

ताजा समाचार