Technology Khabar १५ मंसिर २०७६, आईतवार
काठमाडौं ।
काठमाडौं । अनर स्मार्टफोन बिक्री गर्दै आएको क्रातोस टेक्नोलाेजीज प्रालिले आफ्नो नयाँ अनर ९एक्स स्मार्टफोन सार्वजनिक गरेको छ ।
कम्पनीले सार्वजनिक गरेको यो स्मार्टफोन यहि सोमबारदेखि बजारमा उपलब्ध हुनेछ ।
अनर ९एक्स स्मार्टफोन सापिरे ब्लू कलरमा उपलब्ध हुनेछ भने अनर ब्राण्डमा आएको यो स्मार्टफोनमा फूलभ्यू डिस्प्ले र पप अप फ्रन्ट क्यामरा राखिएको छ ।
अनर नाइन एक्समा ६.५९ इन्चको फूलएचडी प्लस डिस्प्ले राखिएको छ भने यसमा १०८०x२३४० पिक्सेलको रिजोल्यूशन रहेको छ । प्रिमियम ग्लसी ब्याक डिजाइनमा एक्स सेपको प्याटर्न रहेको छ ।
फोनको पछाडिको भागमा फिंगरप्रिन्ट सेन्सर राखिएको छ ।
अनरको सो नयाँ स्मार्टफोनमा हिसिलिकन किरिन ७१०एफ अक्टा कोर प्रोसेसर रहेको छ भने यसमा माली जी५१ एमपी४ जीपीयू रहेको छ । स्मार्टफोनमा ६जीबी र्याम र १२८ जीबी स्टोरेज रहेको छ भने यसको स्टोरेजलाई बढाएर ५१२ जीबीसम्म पुर्याउन सकिन्छ ।
फोनमा ४,००० एमएएचको ब्याट्री ब्याकअप रहेको छ भने १० वाट चार्जिंग सपोर्ट गर्दछ र एन्ड्रोयड ९.० मा आधारित ईएमयूआई ९.१ मा संचालन हुन्छ ।
फोटोग्राफीका लागि सो स्मार्टफोनमा ट्रिपल क्यामरा सेटअप रहेको छ भने यसको मुख्य क्यामरा ४८ मेगापिक्सेलको छ, साथै ८ मेगापिक्सेल प्लस २ मेगापिक्सेलको क्यामरा रहेको छ । सेल्फीका लागि १६ मेगापिक्सेलको फ्रन्ट पप अप क्यामरा राखिएको छ ।
फोनमा ४जी भोल्टे, वाईफाई, ब्लूटूथ ४.२, जीपीएस प्लस ग्लोनास, यूएसबी टाइप सी पोर्ट, र ३.५ एमएमको अडियो ज्याक रहेको छ ।
कम्पनीकाअनुसार ठूलो स्क्रीन मनपराउने र सेल्फी खिच्न चाहने ग्राहकहरुलाई लक्षित गरेर यो स्मार्टफोन ल्याईएको हो ।
क्रातोस टेक्नोलाेजीज प्रालिका अनुसार अनर नाइन एक्स स्मार्टफोनको मूल्य २९ हजार ९९० रुपैयाँ तोकिएको छ ।
प्रकाशित: १५ मंसिर २०७६, आईतवार