अपटेड समाचार

गोदरेज “फ्रि कपल ट्रिप टु बाली” अफरको लक्की ड्र सम्पन्न, २ जोडीले पाए बाली र इन्डोनेसिया ट्रिप

काठमाडौं । गोदरेज अप्लाएन्सेसले चाडपर्वको अवसरमा ग्राहकहरु माझ ल्याएको “फ्रि कपल ट्रिप टु बाली” योजनाको लक्की–ड्र गोदरेजको आधिकारिक फेसबुक पेजमार्फत प्रत्यक्ष प्रसारण गरी टंगालस्थित सोरुममा सम्पन्न गरिएको छ ।

भाद्र २० गते देखि कार्तिक ३० गते सम्म लागू गरिएको सो योजनामा गोदरेज ब्राण्डको प्रत्येक उत्पादनहरु (रेफ्रिजिरेटर, चेष्ट फ्रिजर, वासिङ्ग मेसिन र माइक्रोवेभ ओभन) को खरिदमा नगद छुटका साथै भाग्यशाली ग्राहक महानुभावहरुले लक्की–ड्र मार्फत बाली भ्रमणको उपहार राखिएको कम्पनीले जानकारी दिएको छ ।

फेसबुकबाट लाइभ गरिएको लक्की–ड्रमा मुस्ताङ चोक, पोखराकी मुना थापा र हेम्जाका प्रदीप थापा गरी २ भाग्यशाली जोडीहरुले बाली, इन्डोनेसिया जाने अवसर प्राप्त गरेको कम्पनीले जनाएको छ ।

Leave a Reply