एक्यूरेट ब्राण्डका गुणस्तरीय इलेक्ट्रोनिक्स एसेसरिज नेपाली बजारमा, यस्तो छ उत्पादन र मूल्यसूची

Technology Khabar १५ मंसिर २०७६, आईतवार

एक्यूरेट ब्राण्डका गुणस्तरीय इलेक्ट्रोनिक्स एसेसरिज नेपाली बजारमा, यस्तो छ उत्पादन र मूल्यसूची

काठमाडौं ।

काठमाडौं । नेपाली बजारमा नयाँ एसेसरिज तथा ग्याजेट ब्राण्डले आफ्नो उत्पादनहरु बिक्री शुरु गरेको छ । भाविक इन्टरनेशनल कम्पनीले नेपाली बजारमा नयाँ ब्राण्डको रुपमा एक्यूरेटलाई सार्वजनिक गरेको हो ।

एक्यूरेट ब्राण्डमा कम्पनीले इलेक्ट्रोनिक्स आइटम, मोबाइल एसेसरिज, ग्याजेटलगायतका सामाग्रीहरु बिक्री गर्नेछ । हाल कम्पनीले बजारमा हेडफोन, चार्जर, पावर बैंक, डाटा केबल र ब्लूटूथ स्पीकरहरु ल्याएको छ ।

नेपाली बजारमा सूपथ मूल्यमा गुणस्तरीय र ब्राण्डेड एसेसरिजहरु उपलब्ध गराउने उद्धेश्यले नयाँ प्रडक्टहरु ल्याएको कम्पनीले जानकारी दिएको छ । कम्पनीले हाल गुणस्तरहीन तर महंगो मूल्य तिरिरहेका विभिन्न चिनियाँ एसेसरिजहरु किन्न बाध्य भईरहेका उपभोक्ताहरुलाई ग्यारेन्टीसहितको उत्पादनहरु बिक्री गर्ने लक्ष्य लिएको छ ।

कम्पनीले नेपाली बजारमा भित्र्याएका सम्पूर्ण उत्पादनहरुमा ६ महिनादेखि १ वर्षसम्मको वारेन्टी समेत प्रदान गरेको छ ।

एक्यूरेट ब्राण्डमा कम्पनीले पावरबैंक सेगमेन्टमा १०,००० एमएएच, २०,००० एमएएच, ल्याएको छ भने चार्जरतर्फ एप्पलको लागि फास्ट चार्जर, माइक्रो यूएसबी फास्ट चार्जर, टाइप सी फास्ट चार्जर छन् । डाटा केबलमा माइक्रो यूएसबी, डाटा केबल टाइप सी, बजारमा बिक्री गर्नेछ ।

कम्पनीले ईयरफोनमा भने ६ वटा फरक फरक प्रकारका ईयरफोनहरु ल्याएको छ, जसमा ब्लूटूथ नेक ब्याण्ड हेडफोन, ईयरफोन, ईयरपोड्स उपलब्ध गराएको छ ।

पावर बैंकको मूल्य न्यूनतम १, ४९९ रुपैयँदेखि अधिकतम १,९९९ रुपैयाँसम्म छ भने चार्जरको मूल्य न्यूनतम २५० रुपैयाँदेखि अधिकतम ७९९ रुपैयाँसम्म तोकिएको छ । डाटा केबलतर्फ न्यूनतम २९९ रुपैयाँदेखि अधिकतम ३,४९ रुपैयाँसम्म रहेका छन भने ईयरफोनमा न्यूनतम २९९ रुपैयाँदेखि अधिकतम २,००० रुपैयाँसम्म रहेको छ ।

यसबाहेक कम्पनीले छिट्टै नै बजारमा ब्लूटूथ पोर्टेबल स्पीकर पनि सार्वजनिक गर्ने कम्पनीले जानकारी दिएको छ ।

हेर्नुहोस् मूल्यसूची-

Accurate 24.11.2019 MRP
easy care

प्रकाशित: १५ मंसिर २०७६, आईतवार

ताजा समाचार