मेरो प्लानमा एनसेलको बोनस भिडियो डेटा, युट्युब र आईफ्लीक्समा भिडियो स्ट्रिमिङ सित्तैमा

Technology Khabar १४ मंसिर २०७६, शनिबार

मेरो प्लानमा एनसेलको बोनस भिडियो डेटा, युट्युब र आईफ्लीक्समा भिडियो स्ट्रिमिङ सित्तैमा

काठमाडौं ।

काठमाडौं । एनसेल प्रा. लि. ले आफ्ना प्रिपेड ग्राहकका लागि आकर्षक बोनस डेटा योजना ल्याएको छ जसअन्तर्गत मेरो प्लान लिएका एनसेलका ग्राहकहरुले अब बोनस डेटा प्राप्त गर्दै निःशुल्क युट्युब भिडियो स्ट्रिमिङको मजा लिन सक्नेछन् ।

यो योजना यहि मंसिर १३ गते शुक्रबारदेखि लागु भएको छ । योजनाअन्तर्गत मेरो प्लान सुचारु गरेका प्रिपेड ग्राहकले निश्चित बोनस डेटा भोलुम प्राप्त गर्नेछन् र प्राप्त भोलुमबाट ग्राहकले युट्युब तथा आईफ्लीक्समा निःशुल्क भिडियो स्ट्रिमिङ र गुगल म्याप, जिमेल तथा अन्य गुगलका सेवाहरु प्रयोग गर्न सक्ने बताईएको छ।

यो योजनाअन्तर्गत प्लान १९९ र प्लान २९९ सुचारु गर्नुहुने ग्राहकले बोनस स्वरुप १ जिबी र ३ जिबी डेटा प्राप्त गर्नेछन् । त्यसैगरी प्लान ४९९ र प्लान ७९९ सुचारु गर्नुहुने ग्राहकले बोनस स्वरुप ६ जिबी र १५ जिबी डेटा प्राप्त गर्नेछन् । त्यस्तै प्लान ९९९ सुचारु गर्नुहुने ग्राहकले थप २५ जिबी डेटा प्राप्त गर्ने कम्पनीको दाबी छ।

सुलभ दरमा गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिबद्धता अनुरुप सो योजना अन्तर्गतको भिडियो बोनस भिडियो डेटाले ग्राहकलाई थप मुल्य प्रदान गर्ने विश्वास एनसेलले लिएको छ।

एनसेलको मेरो प्लान अन्तर्गत प्रिपेड ग्राहकले बिना कुनै झन्झट कुनै पनि समय एनसेलको आकर्षक डेटा सेवाको मजा लिन सक्नेछन् । यस बाहेक, ग्राहकले अन नेट अर्थात एनसेल नेटवर्क भित्र भ्वाइस र एसएमएस सेवा पनि अझ सुलभ दरमा लिन सक्नेछन् । ग्राहकले एस्ट्रिक्स ३०२ह्यास डायल गरी प्राप्त निर्देशन अनुसार मेरो प्लान सुचारु गरि योजनाको मजा लिन सक्ने कम्पनीद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

Global Bank
easy care

प्रकाशित: १४ मंसिर २०७६, शनिबार

ताजा समाचार