विश्वभर ४८ करोड मोबाइल भीपीएन डाउनलोड, निशुल्क भीपीएनको डाउलोड ८४.३ प्रतिशत

Technology Khabar १४ मंसिर २०७६, शनिबार

विश्वभर ४८ करोड मोबाइल भीपीएन डाउनलोड, निशुल्क भीपीएनको डाउलोड ८४.३ प्रतिशत

काठमाडौं ।

काठमाडौं । विश्वभर ४८ करोड भन्दा बढि मोबाइल भीपीएन विगत १२ महिनामा डाउनलोड भएको छ । यो संख्या एन्ड्रोयड र आईओएस एप स्टोर दुबैको कुल मिलाएर हो ।

हालै आएको एक रिपोर्टअनुसार मोबाइल भीपीएनको डाउनलोड अघिल्लो वर्षको तुलनामा ५४ प्रतिशतले बढेको छ । अघिल्लो वर्ष यस्तो संख्या ३१ करोड १० लाख रहेको थियो ।

४८ लाख डाउनलोड मध्ये ७५ प्रतिशत अर्थात ३५ करोड ८३ लाख डाउनलोड एन्ड्रोयडबाट मात्र भएको छ भने बाँकी भीपीएन एप्स आईओएस एप्स रहेका छन् । एन्ड्रोयडका प्रयोगकर्ता धेरै भएको हुँदा यस्तो भिन्नता हुनु स्वभाविक हो ।

तथ्यांकअनुुसार २०१८/१९ को अवधिमा भीपीएन एप्स डाउनलोडको संख्यामा ५४ प्रतिशतले वृद्धि भएपनि यो अघिल्लो वर्षको तुलनामा करिब ३ प्रतिशत कम नै हो ।

‘यस्तो डाउनलोड सबैभन्दा धेरै एशिया प्यासिफिक क्षेत्रमा देखिएको छ, जहाँ निकै धेरै राजनीतिक र सामाजिक पक्राउ विगत १२ महिनामा भएका थिए, सो क्षेत्रमा १८ करोड ८० लाख भीपीएन एप्स डाउनलोड गरिएको थियो र यो गत वर्षको कुल डाउनलोडको तुलनामा दोब्बर भन्दा बढि हो,’ रिपोर्ट प्रकाशित गर्ने टप१० भीपीएनका रिसर्च हेड सिमोन मिग्लिआनोले भने ।

सबैभन्दा धेरै मोबाइल भीपीएन डाउनलोड हुने देशमा इन्डोनेशिया रहेको छ जहाँ ५ करोड ५५ लाख मोबाइल भीपीएन डाउनलोड भएका थिए । त्यसपछि अमेरिकामा यस्तो डाउनलोड संख्या ७ करोड ५६ लाख छ भने तेस्रो स्थानमा भारत रहेको छ ।

भारतमा ५ करोड ७० लाख मोबाइल भीपीएन एप्स डाउनलोड गरिएको थियो । भारतमा मोबाइल भीपीएन एप्स डाउनलोडमा ४०५ प्रतिशतको वृद्धि अघिल्लो वर्षको सोहि अवधिको तुलनामा देखिएको छ ।

टप१०भीपीएनको रिपोर्टअनुसार ४८ करोड डाउनलोड मध्ये ८४.३ प्रतिशत डाउलोड निशुल्क प्रयोग गर्न मिल्ने मोबाइल भीपीएन एप्सहरु थिए ।

डाउनलोड भएका मोबाइल भीपीएनमध्ये सबैभन्दा धेरै टर्बोभीपीएन डाउनलोड भएको छ । यो भीपीएन ५ करोड १३ लाख पटक डाउनलोड छ भने दोस्रो स्थानमा हटस्पट शिल्ड ४ करोड २५ लाख डाउनलोड र तेस्रो स्थानमा बेटरनेट २ करोड ९९ लाख डाउनलोड रहेको छ ।

सबैभन्दा धेरै डाउनलोड हुने भीपीएनमध्ये दुईवटा सशुल्क भीपीएन एप रहेका छन् । नर्डभीपीएन र एक्सप्रेस भीपीएन सशुल्क मोबाइल भीपीएन एप हुन् ।के हो भीपीएन ?
भर्च्यूअल प्राइभेट नेटवर्कको छोटकरी नाम हो भीपीएन । भीपीएनले तपाईँको इन्टरनेट कनेक्सनलाई लिन्छ र त्यसलाई थप सुरक्षित बनाउँछ, यसले इन्टरनेट गतिबिधिलाई लुकाउँछ र तपाईँलाई विज्ञापनहरु, ट्राफिक इन्टरसेप्ट अथवा मालिसियल साइटहरुबाट नदेखिने बनाएर गोप्यरुपमा इन्टरनेटमा एक्सेस दिन्छ ।

भीपीएनमार्फत कुनै क्षेत्रमा ब्लक गरिएका कन्टेन्टहरु समेत सजिलै हेर्न सकिन्छ र त्यसलाई अन्य कसैले पत्ता लगाउन सक्दैन् ।

तपाईँले भीपीएनलाई तपाईँको कम्प्यूटर, फोन वा डिभाइसहरु जस्तै स्मार्ट टिभी, वाईफाई राउटर, गेम्स कन्सोललगायतबाट संचालन गर्न सक्नुहुन्छ ।

अधिकांश भीपीएनहरु निशुल्क उपलब्ध रहेका छन भने केहि भीपीएनहरुले थप शुल्कसहित बढि सुविधा दिन्छन् ।

easy care

प्रकाशित: १४ मंसिर २०७६, शनिबार

ताजा समाचार