गूगलले तेस्रो त्रैमासमा १२ हजार सरकारी ह्याकिंगको चेतावनी यूजर्सलाई पठायो

Technology Khabar १३ मंसिर २०७६, शुक्रबार

गूगलले तेस्रो त्रैमासमा १२ हजार सरकारी ह्याकिंगको चेतावनी यूजर्सलाई पठायो
फाइल

काठमाडौं ।

काठमाडौं । गूगलले विगत ३ महिनामा विभिन्न सरकारद्धारा सहयोग प्रदान गरिएका ह्याकरहरुले ह्याक गर्ने लक्ष्य राखेको भन्दै आफ्ना १२ हजार यूजर्सलाई चेतावनी पठाएको छ । कम्पनीले जुलाईदेखि सेप्टेम्बर महिनाभित्र १२ हजार चेतावनीहरु आफ्ना १४९ मुलुकका यूजर्सहरुलाई पठाएको हो ।

१२ हजार मध्ये करिब ५०० वटा भारतका लागि मात्र रहेका थिए ।

यो सन् २०१८ र २०१७ मा सोहि अवधिमा पठाईएको चेतावनीमुलुक जानकारीको संख्या उस्तै रहेको छ, गूगलले भनेको छ ।गूगलकाअनुसार कम्पनीले यदि कुनै सरकारी स्पोन्सरमा फिसिंग हुने जोखिम देखिएको खण्डमा त्यस्तो चेतावनीहरु यूजर्सलाई पठाउने दिर्घकालिन नीति रहेको जानकारी दिएको छ ।

गूगलको थ्रेट एनालाईसिस ग्रुपबाट शान हन्टलीले ब्लग गर्दै यस्तो चेतावनीको बारेमा यसअघि पनि समयावधिअनुसार जानकारी दिईने गरेको बताईन् ।

लक्षित यूजर्समध्ये करिब ९० प्रतिशत यूजर्सहरु क्रेडेन्सियल फिसिंग इमेलहरुमार्फत लक्षित गरिएको थियो । यसअन्तरगत लक्षितको पासवर्ड अथवा अन्य एकाउन्ट सुरक्षा गोपनियता जानकारीमार्फत उनीहरुको एकाउन्ट ह्याक गर्ने प्रयास गरिन्छ ।

‘हामी उच्च जोखिममा भएका यूजर्सहरु जस्तै पत्रकार, मानवअधिकारकर्मी, राजनीतिक अभियन्ताहरुलाई हाम्रो एडभान्स प्रोटेक्सन प्रोग्राममा दर्ता हुन उत्साहित गर्दछौं, जसले हार्डवेयर सेक्यूरिटी की उपयोग गर्दछ र फिसिंग र एकाउन्ट हाईज्याकिंगको विरुद्ध ससक्त सुरक्षाहरु उपलब्ध गराउँछ, एपीपी विशेषगरि उच्च जोखिम एकाउन्टहरुका लागि डिजाइन गरिएको हो,’ हन्टलेले भनेकी छिन् ।

गूगलको थ्रेट एनालासिस ग्रुपले सरकारी सहयोगमा गूगल र उसका यूजर्सलाई लक्षित गरेर हुने ह्याकिंगको विरुद्धमा काम गर्दछ । एजेन्सी

easy care

प्रकाशित: १३ मंसिर २०७६, शुक्रबार

ताजा समाचार