टेलिकम अपरेटरहरु २० डलर मूल्यको स्मार्टफोनको संभाव्यता हेर्दै, इमर्जिंग मार्केटका लागि केन्द्रित

Technology Khabar १३ मंसिर २०७६, शुक्रबार

टेलिकम अपरेटरहरु २० डलर मूल्यको स्मार्टफोनको संभाव्यता हेर्दै, इमर्जिंग मार्केटका लागि केन्द्रित
Global IME Bank

काठमाडौं ।

काठमाडौं । जिएसएमए अन्तरगतका टेलिकम क्षेत्रमा सक्रिय तीन कम्पनीहरु ओरेन्ज, रिलायन्स जियो र एमटिएन कम्पनीहरुले ह्याण्डसेट निर्माता कम्पनीहरुलाई २० डलर बिक्री मूल्य भएको स्मार्टफोन बनाउन सकिने बारेमा छलफल गरेका छन् ।

टेलिकम उद्योगका यी तीन कम्पनीहरुले इमर्जिंग मार्केटहरुका लागि संभावित २० डलर मूल्य भएको स्मार्टफोन उत्पादन गर्न सकिने संभावनाको बारेमा जानकारी माग गरेका छन् ।

सो ग्रुपले रिक्वेस्ट फर इन्फर्मेसन(आरएफआई) डिभाइस भेण्डरहरुलाई जारी गर्दै ३१ डिसेम्बरभित्र संभावित जानकारी दिन अनुरोध गरेका हुन् ।

सो मूल्यको स्मार्टफोन बजारमा शुरुवातको रुपमा जानेछ जसलाई जीएसएमएले डिभाइसलाई अगाडि बढाउन सहयोग गर्ने बताएको छ ।

यो प्रयासले स्मार्टफोनको इन्ट्रि लेभलको खर्चलाई न्यून गर्नेछ र जो स्मार्ट फिचर फोनमा बेसिक डाटा सेवा लिईरहेका छन्, उनीहरुलाई थप एडभान्स सेवाहरु दिन यस्तो डिभाइस प्रयोग गर्न सक्नेछन् ।

‘यो प्रकृतिको प्रयासले न्यून आय भएका यूजरहरुको लागि विश्वव्यापी कनेक्टिभिटीको अवरोधलाई भत्काउन सक्नेछ,’ सो प्रस्ताव डकुमेन्टमा भनिएको छ ।

यस्तो डिभाइसहरु नयाँ बिस्तार भईरहेका बजारहरुमा समावेशिताको लागि उपयोग गरिनेछ, जसमा भारत र अफ्रिका प्रमुख संभावना भएका क्षेत्रहरु रहेका छन् ।

डिभाइस निर्माता कम्पनीहरुले थ्रीजी स्मार्टफोन, फोरजी स्मार्टफोन र फोरजी स्मार्ट फिचर फोनको लागि न्यूनतम स्पेशिफिकेसनमा आधारित रहेर आपूर्ति लागत र प्रतिबद्धताको प्रस्ताव दिनुपर्नेछ । त्यस्तो प्रस्तावमा पूरै नयाँ कम्पोनेन्टहरु प्रयोगसहितको स्मार्टफोनको लागि हुनुपर्नेछ । एजेन्सी

Sajilo Visa

प्रकाशित: १३ मंसिर २०७६, शुक्रबार

तपाइको प्रतिक्रिया

ताजा समाचार