Technology Khabar १२ मंसिर २०७६, बिहीबार
काठमाडौं । अमेरिकी प्रतिबन्धमा परेको चिनियाँ टेलिकम्यूनिकेसन कम्पनी ह्वावे थप समस्यामा परेको छ । ह्वावेका उत्पादनहरु अब स्पेनमा पनि प्रतिबन्धमा पर्ने भएका हुन् ।
अमेरिका र चीनबिचको व्यापार युद्धको बिचमा चेपिएको जायन्ट कम्पनी ह्वावेलाई अब स्पेनको डिफेन्स मिनिस्ट्रिले पनि प्रतिबन्ध लगाएको हो ।
अमेरिकाको जस्तै स्पेनले पनि उस्त कारण देखाउँदै ह्वावेलाई आफ्ना सिस्टममा प्रयोग हुने उपकरणहरुमा प्रयोगमा रोक लगाएको हो ।
स्पेनको मिनिस्ट्र अफ डिफेन्सले ह्वावेका सम्पूर्ण डिभाइसहरुलाई आफ्नो डाटा सर्भरहरु जसमा कर्मचारीहरुको ईमेलहरु समेत समावेश छ; त्यसको पहुँचमा रोक लगाएको स्पेनी अनलाइन ला इन्फोम्यासियनले दिएको छ ।
मन्त्रालयले विशेषगरि ह्वावेका डिभाइसहरुलाई संवेदनशिल डाटाहरुको पहुँचमा रोक लगाएको हो तर त्यसले उपभोक्ताहरुका लागि भने ह्वावे डिभाइसहरु प्रयोगमा रोक लगाएको छैन् ।
सो मन्त्रालयका सदस्यहरुले भने अझै उनीहरुको व्यक्तिगत ह्वावे डिभाइसहरु प्रयोग गर्न सक्नेछन्, तर उनीहरुले मन्त्रालयको सर्भरहरुबाट ईमेलसहितका अन्य डाटाहरु हेर्नुपर्ने भएमा भने अन्य डिभाइसहरु प्रयोग गर्नुपर्ने हुन्छ । यसको अर्थ मन्त्रालयका कर्मचारीहरुले उनीहरुको कार्यालयमा कुनै अन्य नेटवर्कहरुमा ह्वावेका डिभाइसहरु कनेक्ट गर्न सक्नेछैनन् । कर्मचारीले आफ्नो ईमेल ह्वावेका स्मार्टफोन वा ट्याबलेटबाट हेर्नसमेत पाउने छैनन् ।
सो प्रतिबन्धको बारेमा मेसेजमार्फत सबै हेडक्वाटरहरुमा जानकारी दिईएकोछ भने सो मन्त्रालयमा कार्यरत सबैका लागि लागू हुने बताईएको छ । जो यूजर्सले उनीहरुको कुनै एक डिभाइस कनेक्ट छ भने तत्काल डिसकनेक्ट हुने बताईएको छ ।
यो प्रतिबन्ध लगाउनुको कुनै कारण दिईएको छैन् । तर पनि ह्वावेमाथि लाग्दै आएको उपकरणहरुमार्फतको जासुसी आधार भएको अनुमान
छ ।
ह्वावेले भने त्यस्तो गतिबिधि नगरेको दाबी गर्दै आएको छ ।
प्रकाशित: १२ मंसिर २०७६, बिहीबार