ट्विटरले हटाउँदैछ निश्क्रिय यूजरका एकाउन्टहरु, तपाईँको ट्विटर एकाउन्टको अवस्था के छ ?

Technology Khabar ११ मंसिर २०७६, बुधबार

ट्विटरले हटाउँदैछ निश्क्रिय यूजरका एकाउन्टहरु, तपाईँको ट्विटर एकाउन्टको अवस्था के छ ?
Classic Tech

काठमाडौं । ट्विटरले बिगत ६ महिनादेखि सक्रिय नभएका एकाउन्टहरु बन्द गर्ने भएको छ । ट्विटरले निश्क्रिय भएका एकाउन्ट यूजर्सलाई ईमेल पठाउँदै त्यस्ता ट्विटर एकाउन्टमा एक्सन लिन लागेको हो ।

हालै आएको रिपोर्टअनुसार ट्विटरले आगामी डिसेम्बर ११ देखि ती एकाउन्टहरु फ्रि गर्ने र सो नामहरु अन्य नयाँ यूजर्सले समेत प्रयोग गर्न सक्ने बनाउन लागेको हो ।

ट्विटरका प्रवक्ताले सो कार्य शुरु भएको र एक्सन लिन लागिएको बताएका छन् । ‘सार्वजनिक कुराकानीलाई सेवा प्रदान गर्ने हाम्रो प्रतिबद्धताको एक भागको रुपमा हामी निष्क्रिय एकाउन्टहरु क्लिनअप गरिरहेका छौं, यसले ट्विटरलाई थप सुनिश्चित, विश्वसनिय सुचना मानिसहरुका लागि गर्नेछ,’ प्रवक्ताले भने ।

यो कार्यले मानिसहरुलाई सक्रिय लगइन गर्न र ट्विटर प्रयोग गर्न उत्साहित गर्ने उनको भनाई छ ।

यस्तो निष्क्रय एकाउन्टहरु हटाउन महिनौं लाग्नसक्ने बताईएको छ ।

यदि तपाईँपनि कुनै निष्क्रिय यूजरनेम खोजिरहनुभएको छ भने यो तपाईँको लागि अवसर हुन सक्दछ । त्यस्तै यदि तपाईँको एकाउन्ट ट्विटरमा छ तर विगत ६ महिनादेखि निश्क्रय छ भने तत्काल सक्रिय हुनुस् नत्र ट्विटरले तपाईँको एकाउन्ट हटाएर यूजर नेम खाली गरेर अन्य नयाँ यूजरलाई दिनेछ ।

माध्यम

TK Viber

प्रकाशित: ११ मंसिर २०७६, बुधबार

Loading...