सन् २०२५ सम्ममा ५जी प्रयोगकर्ता २ अर्ब ६० करोड हुने, विश्व जनसंख्याको ६५ प्रतिशतमा पुग्ने

Technology Khabar ११ मंसिर २०७६, बुधबार

सन् २०२५ सम्ममा ५जी प्रयोगकर्ता २ अर्ब ६० करोड हुने, विश्व जनसंख्याको ६५ प्रतिशतमा पुग्ने

काठमाडौं ।

काठमाडौं । सन् २०२५ सम्ममा विश्वभर ५जी सेवाग्राहीहरुको संख्या २ अर्ब ६० करोड पुग्ने अनुमान गरिएको छ । तिब्रगतिमा विकास भईरहेको नेटवर्क र ईकोसिस्टमका साथै देखिएको उच्च वृद्धिदरले गर्दा सो अवधिसम्म २ अर्ब ६० करोड भन्दा बढि सेवाग्राहीहरु हुने छन् ।

हालै सार्वजनिक भएको एरिक्सन मोबिलिटी रिपोर्टअनुसार २०२५ सम्ममा औसत मोबाइल डाटा उपभोगमा पनि वृद्धि हुनेछ । यस्तो वृद्धि ७.२ जीबीबाट २४ जीबी पुग्ने अनुमान गरिएको छ । यसमा ३० मिनेटको एचडी भिडियो एक दिनमा स्ट्रिम हुनेछ र यसभित्रै ६ मिनेटको भच्र्यूअल रियालिटी क्लिप रहनेछ ।

रिपोर्टअनुसार विश्व जनसंख्याको ६५ प्रतिशत मानिसहरुसम्म ५जी सेवा पुग्नेछ जसमा भएको नेटवर्कहरुले विश्वको मोबाइल डाटा ट्राफिकको ४५ प्रतिशत हिस्सा लिनेछ ।

सो रिपोर्टअनुसार यो वर्ष एशिया, यूरोप, मध्यपूर्व, उत्तर अमेरिकाका विभिन्न टेलिकम कम्पनीहरुले आफ्नो ५जी नेटवर्कहरु शुरुवात गरिरहेको छन् । दक्षिण कोरियाका सेवा प्रदायकहरुले गएको सेप्टेम्बरसम्म ३० लाख सेवाग्राही बनाईसकेका छन् ।

चीनमा पनि यो वर्षको अन्त्यसम्ममा १ करोड ३० लाख ५जी सेवाग्राहीहरु हुने अनुमान गरिएको छ । चीनमा अक्टोबरको अन्त्यतिर मात्र ५जी नेटवर्क बिस्तार भएको थियो ।

यसबाहेक सो रिपोर्टले फोरजीको बारेमा पनि प्रक्षेपण गरेको छ । रिपोर्टअनुसार सन् २०२५ सम्ममा ४जी वा एलटिई दक्षिण पूर्वी एशिया र ओसियानामा प्रमुख मोबाइल टेक्नोलोजीको रुपमा हुने अपेक्षा गरिएको छ जसमा कुल सेवाग्राहीमध्ये ६५ प्रतिशत आबद्ध हुनेछन् ।

सो क्षेत्रको कुल जनसंख्याको २१ प्रतिशतलाई ५जी टेक्नोलोजी सपोर्ट हुनेछ ।

एरिक्सनले ५जीको उपयोग र प्रयोग यसअघिको एलटिईको भन्दा निकै द्रूत गतिमा हुनेछ भने उत्तर अमेरिकामा सबैभन्दा धेरै वृद्धिदर हुने देखिएकोछ । उत्तर अमेरिकामा ७४ मोबाइल सेवाग्राहीहरु सन् २०२५ सम्ममा ५जीयुक्त हुनेछन । उत्तरपूर्वी एशिया ५जी प्रयोगमा दोस्रो उच्च वृद्धिदर ५६ प्रतिशतसहित हुनेछ भने तेस्रो स्थानमा यूरोप ५५ प्रतिशत सहित हुनेछ ।

एसिक्सनको सो रिपोर्टकाअनुुसार इन्टरनेट अफ थिंग्स(आईओटी) कनेक्सनहरुमा वृद्धि हुँदै १ अर्ब ३० करोड डिभाइसहरु सन् २०१९ को अन्त्यसम्ममा पुग्नेछन् । यस्तो संख्या २०२५ सम्ममा ५ अर्ब हुनेछ ।

सन् २०१९ को तेस्रो त्रैमासमा मोबाइल ट्रााफिकमा वार्षिकरुपमा ६८ प्रतिशतको वृद्धि देखिएको छ, जसलाई बढाउनमा भारतमा स्मार्टफोन सेवाग्राहीहरुको उच्च संख्या हुनु र चीनमा प्रति स्मार्टफोन मोबाइल डाटा उपभोग दर वृद्धि हुनु कारण रहेको छ । एजेन्सी

Global Bank
easy care

प्रकाशित: ११ मंसिर २०७६, बुधबार

ताजा समाचार