फेसबुक र इन्स्टाग्राममा राखिने यौनजन्य कन्टेन्टमा कडा कदम चाल्दै, यूजर्सलाई उमेर हद लगाउने

Technology Khabar ११ मंसिर २०७६, बुधबार

फेसबुक र इन्स्टाग्राममा राखिने यौनजन्य कन्टेन्टमा कडा कदम चाल्दै, यूजर्सलाई उमेर हद लगाउने

काठमाडौं । सामाजिक मिडिया जायन्ट फेसबुक र सो अन्तरगतको एप इन्स्टाग्राममा १८ वर्षभन्दा मुनिका प्रयोगकर्ताहरुले यौनजन्य कन्टेन्टहरु हेर्न नपाउने भएका छन् । कम्पनीले छिटै १८ वर्षभन्दा मुनिका प्रयोगकर्ताहरुका लागि सेक्सुअल कन्टेन्टहरुमा रोक लगाउने भएको हो ।

हालै आएको रिपोर्टअनुसार कम उमेरका प्रयोगकर्ताहरुले यौनजन्य तस्विरहरु, यौनगतिबिधि भएका कलाकृतिहरु, त्यस्ता प्रकारका विज्ञापनहरुलाई समेत ब्लक गरिनेछ ।

यो नयाँ नियम एज गेट नीतिअन्तरगत हुनेछ जसलाई फेसबुकले आगामी वर्षको शुरुवातदेखि लगाउने तयारी गरेको छ ।

कम उमेरका प्रयोगकर्ताहरुका लागि सो यौनजन्य कन्टेन्टहरुमा रोक लागेपनि वयस्कहरुले भने सो हेर्न सक्नेछन् । यो नयाँ नियमले फेसबुकको हालको नीतिलाई भने कुनै असर गर्नेछैन्, जसमा स्पष्ट यौनजन्य कन्टेन्टहरु सोसियल मिडिया प्लेटफर्ममा राख्न रोक लगाएको छ ।

नयाँ नियमले स्पष्टरुपमा शैक्षिक यौनजन्य कन्टेन्ट भएको यौन एजुकेटरहरुको फिडब्याकपछि राख्नका लागि पनि कुनै असर गर्नेछैन् ।

पछिल्ला दिनहरुमा फेसबुकमा यौनजन्य कन्टेन्टहरु प्लेटफर्ममा भएपनि कुनै कदम नचालेको भन्दै आरोप लाग्दै आएको छ । यस्ता कन्टेन्टहरु बालबालिकाहरुको पहुँचमा समेत रहेकोमा विरोध हुँदै आएको छ । एजेन्सी

प्रकाशित: ११ मंसिर २०७६, बुधबार

Comments are closed.

Loading...