नेपाल टेलिकमको फोरजी सिम बितरण सिन्धुलीगढीमा, कम्पनीका सेवा, छुट र फोरजी बारे जानकारी

Technology Khabar १० मंसिर २०७६, मंगलवार

नेपाल टेलिकमको फोरजी सिम बितरण सिन्धुलीगढीमा, कम्पनीका सेवा, छुट र फोरजी बारे जानकारी

काठमाडौं ।

काठमाडौं । नेपाल टेलिकमले नेपालभर फोरजी सिम वितरण, परिवर्तन र स्तरोन्नति गर्ने कार्यलाई अभियानको रुपमा सञ्चालन गरिरहेको छ । सोही अवसरमा कम्पनीले सिन्धुलीमा यस सम्बन्धी व्यवसाय प्रवद्र्धन कार्य सम्पन्न गरेको छ ।

गत मंसिर ६ देखि काठमाडौंबाट शुरु भई जनकपुरमा मंसिर ९ गते समापन भएको साइकल ¥याली ‘राइड थ्रु सिन्धुलीगढी’ र सांस्कृतिक कार्यक्रमको अवसरमा सिन्धुलीका स्थानीयवासी बीच सिम वितरण गर्नुका साथै सेवा तथा छुटहरुको वारेमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको कम्पनीले जानकारी दिएको छ । सो कार्यक्रम सिन्धुलीको मुलकोट, खनियाखर्क, सिन्धुलीमाढी र बलेनीका स्थानीय वासीहरुमाझ गरिएको थियो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराईले पशुपतिनाथ परिसरबाट कम्पनीको लोगो अंकित झण्डा भएको साइकल कुदाएर शुरुवात गरेको सो ¥याली र सांस्कृतिक कार्यक्रममा कम्पनीले सिम वितरण तथा व्यापार प्रवद्र्धन कार्य गरेको हो । र्यालीमा विश्व साइकल यात्री पुष्कर शाहको समेत सहभागीता रहेको थियो ।

कम्पनीले सहप्रायोजन गरेको साइकल ¥यालीका क्रममा मुलकोट र सिन्धुलीमाढीमा आयोजित विशाल सांस्कृतिक कार्यक्रममा कम्पनीको स्टल राखी सेवा प्रवद्र्धनका कार्य गरिएको थियो । सो अवसरमा विशेषतः कम्पनीका सेवा, छुट र फोरजीका बारेमा उपभोक्ताबाट राखिएका जिज्ञासालाई सम्बोधन गरिएको कम्पनीले जनाएको छ ।

easy care

प्रकाशित: १० मंसिर २०७६, मंगलवार