Technology Khabar १० मंसिर २०७६, मंगलवार
काठमाडौं ।
काठमाडौं । के तपाईँको ल्यापटपमा भाइरसहरुबाट बच्नको लागि अभास्ट वा एभिजी एन्टिभाइरस राख्नुभएको छ । यदि छ भने तपाईँको ल्यापटपको अपरेटिंग सिस्टम विण्डोज १० छ भने कम्पनीले अपडेट रोकिदिनेछ ।
हालै आएको एक रिपोर्टअनुसार माइक्रोसफ्टले साइबर सेक्यूरिटी फर्म अभास्ट र उसको सब्सिडयरी एभिजी आफ्नो विण्डोज १० अपरेटिंग सिस्टममा राख्नेको अपडेट ब्लक गरेको छ । केहि यूजरहरुले हालै आएको विण्डोज १० को अपडेट बिल्ड १९०९ वा नोभेम्बर २०१९ अपडेट रोकिएको जानकारी दिएका छन् ।
यस्तो घट्ना अभास्ट र एभिजी प्रयोग भईरहेका कम्प्यूटरहरुमा देखिएकोछ ।
माइक्रोसफ्टकाअनुसार यस्तो इस्यु निशुल्क उपलब्ध एन्टिभाइरस टूल्स र विण्डोजबिचको कम्प्याटिबिलिटीका कारण भएको हो । कम्पनीले सो बारेमा जानकारी प्राप्त गरेको उल्लेख छ ।
अपडेटलाई ब्लकबाट हटाउनका लागि यूजरहरुले अभास्ट र एभिजीको अपडेट भर्सन डाउनलोड र इन्स्टल गर्नुपर्ने हुन्छ । एभिजी र अभास्टको लागि कम्प्याटिबिलिटी ब्लक भएको माइक्रोसफ्टको पहिलो घट्ना हो ।
एन्टिभाइरस कम्पनीले यसको लागि सपोर्ट पेज जारी गरेकोछ । भने माइक्रोसफ्टले पनि कम्प्याटिबिलिटी ब्लक इस्यूमा विण्डोज १० को नयाँ अपडेट भर्सन जारी गरेको छ । नयाँ भर्सनमा १९०३, १९०९ र १८०९ रहेको छ ।
प्रकाशित: १० मंसिर २०७६, मंगलवार