कोरियाली अपरेटर केटीद्धारा ५जी नेटवर्क र स्याटेलाइट बिच सम्पर्क गर्न सफल

Technology Khabar १० मंसिर २०७६, मंगलवार

कोरियाली अपरेटर केटीद्धारा ५जी नेटवर्क र स्याटेलाइट बिच सम्पर्क गर्न सफल

काठमाडौं ।

काठमाडौं । दक्षिण कोरियाली टेल्को केटी(KT)ले आफ्नो ५जी नेटवर्क र स्याटेलाइटबिच पहिलो पटक डाटा ट्रान्सफर गर्न सफल भएको छ ।
मोबाइल क्यारियर कम्पनीले आफ्नो नेटवर्कबाट सम्बन्धन भएको केटी स्याटद्धारा सचालित अन्तरिक्षमा ३६ हजार किलोमिटर माथि रहेको मुगुंगवा ६ स्याटेलाइटमा डाटा ट्रान्सफर गरेको हो ।

यो सफलतापछि टेल्को केटीले मिडिया फाइलहरु एकैपटक विभिन्न डिभाइसहरुमा ट्रान्सफर गर्न स्याटेलाइटलाई ब्याकहलको रुपमा प्रयोग गर्न सक्दछ । यसका साथै ५जी नेटवर्कलाई स्याटेलाइटका साथमा निरन्तर र अटुट ५जी सेवाहरु उपलब्ध गराउन सक्नेछ ।

केटीले यो परीक्षणको लागि हाईब्रिड राउटरको विकास गरेको बताएको छ, जसमा परीक्षणको लागि ५जी नेटवर्क र स्याटेलाइटबाट कयौं ५जी ह्याण्डसेटहरुमा एचडी स्ट्रिमिंग गरिएको थियो ।

केटी स्याटले कुल ५ वटा स्याटेलाइट संचालन गर्दछ, जसमार्फत कम्पनीले विश्वभर प्रविधिहरु बिस्तार गर्न सक्दछ ।

कम्पनीकाअनुसार विकासोन्मुख मुलुकहरुका कमजोर पूर्वाधार भएका स्थानहरुमा वायरलेस कभरेजको लागि सो प्रविधि सहयोगी हुने कम्पनीले बताएको छ । कम्पनीले आफ्नो परीक्षण रिजल्ट थ्रीजीपीपीमा २०२० मा पेश गर्नेछ र स्याटेलाइट र ५जी टेक्नोलोजीबिचको विश्वस्तरिय मापदण्ड बनाउन सहयोगी हुनेछ ।

दक्षिण कोरियामा व्यवसाीयकरुपमा ५जी गएको अप्रिलदेखि शुरु भएको हो । एजेन्सी

easy care

प्रकाशित: १० मंसिर २०७६, मंगलवार

ताजा समाचार