रियलमीले आफ्नो पहिलो ५जी स्मार्टफोन एक्स५० फाइभजी ल्याउँदै, ड्यूल सेल्फी क्यामरा हुने

Technology Khabar १० मंसिर २०७६, मंगलवार

रियलमीले आफ्नो पहिलो ५जी स्मार्टफोन एक्स५० फाइभजी ल्याउँदै, ड्यूल सेल्फी क्यामरा हुने

काठमाडौं ।

काठमाडौं । ओपोको सब ब्राण्ड रियलमीले आफ्नो पहिलो ५जी स्मार्टफोन आगामी वर्ष लन्च गर्ने भएको छ । रियलमीले ल्याउने आफ्नो पहिलो ५जी स्मार्टफोन रियलमी एक्स५० ५जीमा दुईवटा सेल्फी क्यामरा हुने बताईएको छ ।

रियलमीले आफ्नो पहिलो फ्ल्यागशिप एक्स२ प्रो यो वर्षको शुरुवातमा लन्च गरेको थियो । यसमा कम्पनीले स्न्यापड्रागन ८५५ प्लस चीपसेट प्रयोग गरेको छ भने विभिन्न प्रिमियम स्पेसिफिकेसन राखेको छ । अब भने कम्पनीले त्यो भन्दा पनि उच्च तहको सेगमेन्टमा जान लागेको छ र त्यसमा रियलमी एक्स५० ५जी आउने छ ।

कम्पनीका सीएमओ झु क्वि चेजले वेबोमा जानकारी दिए । उनकाअनुसार यो फोनमा दुईवटा क्यामराहरु माथिल्लो भागको बाँया कुनामा हुनेछ र यो पन्च होल डिस्प्ले डिजाइनमा हुनेछ । यसको अर्थ एक्स५० ५जी सो ब्राण्डको पहिलो फाइभजी स्मार्टफोनका साथै होल इन डिस्प्ले भएको पहिलो ब्राण्डको स्मार्टफोन पनि बन्नेछ ।

कम्पनीले एक्स सिरिजलाई प्रिमियम सेगमेन्टको रुपमा ल्याउन लागेको छ जसमा नयाँ प्रविधिहरुसहितका डिभाइस आउनेछन् । कम्पनीले एक्स २ बाट एक्स ५० राख्नुको कारण समेत दिएको छ । जसमा एक्सले सिरिज जनाउने छ भने ५ ले ५जी पुस्तारको स्मार्टफोनहरु बताउँछ भने शुन्य अर्थात जिरोले नयाँ शुरुवात भन्ने दर्शाउने कम्पनीका सीएमओ चेजले जानकारी दिए ।

रियलमी एक्स५० ५जी स्मार्टफोन ५जी स्ट्याण्डअलोन र नन स्ट्याण्डअलोन ५जी नेटवर्कहरु दुबैमा प्रयोग गर्न सकिने बताईएको छ ।
कम्पनीले यो स्मार्टफोन कुनैपनि बेला लन्च गर्नसक्ने गरि तयारी गरेको रिपोर्टमा उल्लेख छ ।

Global Bank
easy care

प्रकाशित: १० मंसिर २०७६, मंगलवार

ताजा समाचार