रियलमीको नयाँ स्मार्टफोन रियलमी सी २ र रियलमी ५ नेपालमा सार्वजनिक, यस्ता छन् विशेषताहरु

Technology Khabar ९ मंसिर २०७६, सोमबार

रियलमीको नयाँ स्मार्टफोन रियलमी सी २ र रियलमी ५ नेपालमा सार्वजनिक, यस्ता छन् विशेषताहरु

काठमाडौं ।

काठमाडौं । चिनियाँ स्मार्टफोन ब्राण्ड रियलमीले नेपाली बजारमा आफ्नो दुईवटा नयाँ स्मार्टफोनहरु रियलमी सी २ र रियलमी ५ सार्वजनिक गरेको छ ।

मुरारका समूह अन्तर्गतको कम्पनी तथा नेपालका लागि रियलमीको अधिकृत वितरक पशुपति ट्रेडलिङ्क प्रालिले रियलमी ब्राण्डका नयाँ स्मार्टफोनहरु लन्च गरेको हो । रियलमी सी २, रियलमी सी १ को अपग्रेड भर्सन हो जसमा ६.१ डट नोच प्लस (७२०*१५२०)रिजोल्यूशन भएको डिस्प्ले छ भने कोर्निङ गोरिला ग्लास ३ प्लसद्धारा सुरक्षित छ ।

मिडिया टेक हेलियो पी २२ अक्टा–कोर प्रोसेसर भएको रियलमी सी २ मा ओएस एन्ड्रोयड ९.० पाई र ओएस कलर्स ६.० छ ।

रियलमी सी २ मा ड्यूल क्यामरा सेटअप रहेको छ जसमा १३ मेगापिक्सेल मुख्य क्यामरा, (f/2.2) अपर्चर र २ मेगापिक्सेल (f/2.4) डेप्थ सेन्सर रहेको छ । यसको फ्रन्टमा (f/2.2) अपर्चरको साथमा ५ मेगापिक्सेल क्यामरा छ । यसमा ४,००० एमएएच ब्याट्री रहेको छ ।

यो स्मार्टफोनमा फेस अनलकको विशेषता पनि छ र २ जीबी प्लस ३२ जीबी भेरियन्टमा रु १३,९९० मा ब्ल्याक र ब्लु कलरमा उपलब्ध हुने कम्पनीले जानकारी दिएको छ ।

रियलमी ५

रियलमी ५ एक इन्ट्री लेबलको क्वाड क्यामरा स्मार्टफोन हो जसमा ६.५ इन्च एचडी प्लस डिस्प्लेको साथमा गोरिल्ला ग्लास ३ प्लस प्रोटेक्सन छ । एन्ड्रोयड ९ पाईमा आधारित कलर ओएस भएको यो फोनमा शक्तिशाली क्वालकम स्न्यापड्रागन ६६५ अक्टा कोर प्रोसेसर छ ।

रियलमी ५ मा ५, ००० एमएएच ब्याट्री रहेको छ ।

यो स्मार्टफोनमा रहेको ४ क्यामरा सेटअपमा १२ एमपीको मुख्य क्यामरा, ८ एमपी अल्ट्रा वाइड क्यामरा, २ एमपी म्याक्रो, २ एमपी डेप्थ सेन्सर तथा १३ एमपी सेल्फी क्यामरा रहेको छ ।

रियलमी ५ स्मार्टफोन ३ जीबी प्लस ६४ जीबी र ४ जीबी प्लस १२८ जीबी भेरियन्ट ब्ल्याक र ब्लु कलरमा क्रमश रु २०,९९० र रु २३,९९० मा उपलब्ध हुने कम्पनीले जनाएको छ ।

easy care

प्रकाशित: ९ मंसिर २०७६, सोमबार

ताजा समाचार

एनसीआईसीके भर्चुअल एक्स्पो, २०२४ सुरु

  • Technology Khabar
  • १४ बैशाख २०८१, शुक्रबार