टेस्लाको इलेक्ट्रिक भेहिकल साइबरट्रकको लागि २ दिनभित्रै १ लाख ४६ हजार अर्डर

Technology Khabar ९ मंसिर २०७६, सोमबार

टेस्लाको इलेक्ट्रिक भेहिकल साइबरट्रकको लागि २ दिनभित्रै १ लाख ४६ हजार अर्डर

काठमाडौं ।

काठमाडौं । इलेक्ट्रिक भेहिकल निर्माता कम्पनी टेस्लाले हालै सार्वजनिक गरेको आफ्नो इलेक्ट्रिक ट्रकको लागि मात्रै १ लाख ४६ हजार बुकिंग अर्डर आएको जानकारी दिएको छ । कम्पनीले साइबर ट्रकको नाममा हालै अमेरिकामा सार्वजनिक गरिएको सो इलेक्ट्रिक ट्रकको लागि मात्र कम्पनीले केलब २ दिनमा मात्रै १ करोड ४६ लाख अमेरिकी डलर बुकिंग बापतको रकम प्राप्त गरेको छ ।

सो इलेक्ट्रिक ट्रक बुकिंगको लागि १०० अमेरिकी डलर पछि फिर्ता हुने गरि धरौटी राख्नुपर्ने छ । तर सो बुकिंग मध्ये कतिवटा कम्पनीको गाडि खरिद गर्नेछन भन्ने महत्वपूर्ण रहेकोछ ।

हालै कम्पनीका सिईओ एलन मस्कले सार्वजनिक गरेको सो इलेक्ट्रिक ट्रकको मूल्य ३९,९०० अमेरिकी डलरदेखि ६९,९०० अमेरिकी डलरको रेन्जमा तोकिएको छ ।

टेस्लाकाअनुसार ट्राई मोटर भेरिएन्टको साइबर ट्रकको उत्पादन भने सन् २०२२ को अन्त्यतिर मात्र हुने बताएको छ ।

कम्पनीलाई प्राप्त भएका कुल १ लाख ४६ हजार साइबर ट्रकको अर्डरमध्ये ४१ प्रतिशत सबैभन्दा महंगो मुल्य भेरिएन्टको लागि रहेको छ भने ४२ प्रतिशत ग्राहकहरुले ड्यूल मोटर भर्सनको लागि अर्डर गरेका छन् । बाँकी १७ प्रतिशतले भने सस्तो मोडलको सिंगल मोटर साइबर ट्रक अर्डर गरेका छन् ।

कोल्ड रोल्ड स्टीलबाट तयार पारिएको सो साइबर ट्रकमा बुलेट प्रुफ ग्लास रहेको छ भने यसमा एडप्टिभ एयर सस्पेन्सन राखिएको छ ।
यसको सबैभन्दा सस्तो मोडलको इलेक्ट्रिक ट्रक २५० माइल्स एक चार्जमा कुद्न सक्दछ भने सबैभन्दा महंगो भेरिएन्ट एक चार्जमा ५०० माइल्सको यात्रा गर्न सक्दछ ।

आइतवारसम्म सो गाडिको बुकिंग १ लाख ८७ हजार पुगेको मस्कले ट्विटमार्फत जानकारी दिएका छन् ।

easy care

प्रकाशित: ९ मंसिर २०७६, सोमबार