Technology Khabar ९ मंसिर २०७६, सोमबार
काठमाडौं ।
काठमाडौं । गूगल प्ले र एप्पलको एप स्टोरमा भएका सम्पूर्ण एप्समध्ये केबल १ प्रतिशतले मात्र कुल एप डाउनलोडको ८० प्रतिशत डाउनलोड सिर्जना गरेका छन् ।
एप सम्बन्धि अनुसन्धान गर्ने सेन्सर टावरको नयाँ रिपोर्टअनुसार सन् २०१९ को तेस्रो त्रैमासमा बाँकी ९९ प्रतिशत एप्सहरु २० प्रतिशत मात्र डाउनलोड भएका थिए ।
सो डाउनलोड भएको ८० प्रतिशतलाई हेर्दा गूगल प्ले र एप्पल एप स्टोरमा २९ अर्ब ६० लाख डाउनलोड रहेको छ भने दुबै स्टोरहरुमा सन् २०१८ मा ३ अर्ब ४० करोड एप्स रहेका छन् । एप्सको संख्या सन् २०१४ को तुलनामा ६५ प्रतिशतले बढेको छ ।
तर केबल २६ प्रतिशत एप्स मात्र १ हजार डाउनलोड मात्र भएको देखिन्छ । समग्रमा हेर्दा दुबै एप स्टोरहरुमा करिब ७ लाख ९२ हजार र केबल ७ हजार ९२० ले मात्र यूनिक २३ अर्ब ६० लाख डाउनलोड र इन्स्टल सिर्जना गरेका थिए ।
फेसबुक एक्लैको एप मात्र २०१९ तेस्रो त्रैमासमा ६८ करोड २० लाख नयाँ इन्स्टल भएको छ जसमा १ प्रतिशतका कमी देखिएको छ ।
यसबाहेक मोबाइल गेम एप्स तर्फ पनि उच्च १ प्रतिशत एप्सले मात्रै ९ अर्ब १० करोड डाउनलोड प्राप्त गरेका थिए भने कुल गेम डाउनलोडको ८२ प्रतिशत उनीहरुले लिएका थिए । बाँकी २ अर्ब डाउनलोड अन्य गेमिंग एप्सको हिस्सामा परेको छ ।
आम्दानीको आधारमा हेर्दा यो भिन्नता अझ धेरै देखिन्छ । तेस्रो त्रैमासमा २२ अर्ब डलर कुल आम्दानी भएको मध्ये केबल प्रमुख १ प्रतिशत एप्सले नै २० अर्ब ५० करोड डलर कमाएका छन् । केबल ७ प्रतिशत कुल आम्दानी मात्रै बाँकी १ लाख ५१ हजार ५६ वटा एप्स कम्पनीमा गएको छ । जुन कुल एप्सको ९९ प्रतिशत हो ।
प्रकाशित: ९ मंसिर २०७६, सोमबार