स्मार्टफोन निर्माता वनप्लसका यूजर्सको डाटा चोरी, तपाईँको पनि व्यक्तिगत डाटा पर्यो की हेर्नुस्

Technology Khabar ९ मंसिर २०७६, सोमबार

स्मार्टफोन निर्माता वनप्लसका यूजर्सको डाटा चोरी, तपाईँको पनि व्यक्तिगत डाटा पर्यो की हेर्नुस्

काठमाडौं । स्मार्टफोन निर्माता कम्पनी वनप्लसले आफ्ना यूजरहरुको डाटा चोरी भएको जनाएको छ । यदि तपाईँ पनि वनप्लस स्मार्टफोन यूजर हुनुहुन्छ भने कतै तपाईँको डाटा पनि चोरी त भएको छैन् ? हेर्नुहोस् ।

हालै कम्पनीले आफ्नो अनलाइन स्टोरमा यूजर्सको डाटा सेक्यूरिटी ब्रिचमा परेको बताएको हो । सो घट्ना गत गएको अघिल्लो साता भएको थियो र कम्पनीले सो पत्ता लगाएको बताएको छ ।

वनप्लसकाअनुसार ह्याकरहरुले पहिलेका ग्राहकहरुको अर्डरहरुसम्म पहुँच प्राप्त गरेका थिए । सो घट्नामा सार्वजनिक भएको जानकारीहरुमा कस्टमरको नाम, सम्पर्क नम्बरहरु, ईमेलहरु र सिपिंग एड्रेसहरु रहेका छन् । तर त्यसमा पासवर्ड र वित्तीय जानकारीजस्ता संवेदनशिल डाटा भने नभएको कम्पनीले उल्लेख गरेको छ ।

वनप्लसले सो घट्नामा ह्याकरले पहुँच पाउनुमा आफ्नो वेबसाइटमा भएको कमजोरी रहेको विश्वास गरेको छ तर सो बारेमा थप जानकारी दिएको छैन् ।

‘हामीले आफ्नो वेबसाइटलाई मिहिनतरिकाले जाँच गरेका छौं र सुनिश्चित हुनका लागित्यहाँ अन्य कुनै त्यस्तै सुरक्षा कमजोरी त छैन भनेर हेरेका छौं,’ कम्पनीले भन्यो ।

सो सेक्यूरिटी कमजोरी सार्वजनिक गर्नुभन्दा पहिले कम्पनीले आफ्नो प्रभावित यूजर्सलाई ईमेलद्धारा जानकारी गराएको छ भने अधिकारीहरुसँग सो घट्नाको बारेमा सँगै काम गरिरहेको उल्लेख गरेको छ ।

यदि तपाईँको पनि डाटा चोरी भएको भए कम्पनीले तपाईँलाई ईमेलद्धारा जानकारी दिएको हुनुपर्नेछ ।

यो सेक्यूरिटी ब्रिचपछि कम्पनीले आगामी दिनमा विश्वस्तरको सेक्यूरिटी प्लेटफर्मसँग काम गर्ने र डिसेम्बरको अन्त्यमा आधिकारीक बग बाउन्टी प्रोग्राम घोषणा गर्ने बताएको छ ।

छोटो अवधिमा वनप्लसमा भएको यो दोस्रो सेक्यूरिटी ब्रिच हो । यसअघि सन् २०१८ जनवरीमा ४० हजार यूजर्सको डाटा आक्रमणकारीहरुले प्राप्त गरेका थिए । एजेन्सी

TK Viber

प्रकाशित: ९ मंसिर २०७६, सोमबार

Loading...