एप्पलले आइफोन १२ प्रोमा ६जीबी र्याम राख्ने, आइफोन ‘एसई २’ को उत्पादन फेब्रुअरीदेखि

Technology Khabar ९ मंसिर २०७६, सोमबार

एप्पलले आइफोन १२ प्रोमा ६जीबी र्याम राख्ने, आइफोन ‘एसई २’ को उत्पादन फेब्रुअरीदेखि

काठमाडौं ।

काठमाडौं । एप्पलको नयाँ आइफोन ११ सिरिज आएको तीन महिना पनि नबित्दै आगामी वर्ष आउने अर्को आइफोन सिरिजको बारेमा चर्चा शुरु भईसकेकोछ ।

हालै आएको एक रिपोर्टअनुसार आइफोन १२ प्रो र आइफोन १२ प्रो म्याक्स आगामी सेप्टेम्बर २०२० मा लन्च हुनेछन् । यी दुबै मोडलहरुमा एप्पलले ६ जीबीको र्याम राख्नेछ ।

हाल बजारमा उपलब्ध आइफोन ११ सिरिजका आइफोन ११ प्रो र आइफोन ११ प्रो म्याक्समा केबल ४ जीबीको र्याम मात्र उपलब्ध रहेको छ । कम्पनीले प्रो भर्सनमा ६ जीबी र्याम राखेपनि सस्तो मूल्यमा आउने आइफोन १२ मा भने हालको आइफोन ११ को जस्तै ४ जीबी र्याम मात्र राख्नेछ ।

यसबाहेक दुबै आइफोन १२ प्रो र १२ प्रो म्याक्समा रियर फेसिंग थ्रीडी सेन्सिंग क्यामराहरु हुने अपेक्षा गरिएको छ । यसका साथै यी दुबै मोडलहरुले ५जी सपोर्ट गर्नेछन् । यदपी यो स्पष्ट छैन की ती आइफोनहरुले सब ६गीगाहर्ज ५जीमा काम गर्दछ ।

रिपोर्टअनुसार सबै तीनवटै २०२० आइफोनहरुले पछिल्लो मोबाइल नेटवर्किंग टेक्नोलोजी सपोर्ट गर्नेछन् ।

अर्कोतर्फ एप्पलले बजेट सिरिजको आइफोन एसई २ पनि ल्याउने तयारी गरिरहेको छ । आइफोन एसई २ को उत्पादन आगामी फेब्रुअरीदेखि मात्र हुने बताईएको छ । यो फोन हेर्दा यसअघिको आइफोन ८ जस्तै देखिने छ भने यसमा ४.७ इन्चको डिस्प्ले र टच आइडी होम बटन हुनेछ । यो डिभाइसमा ए१३ चीपका साथमा ३ जीबी र्याम हुनेछ भने एप्पलको नयाँ एसई भर्सन आगामी मार्चमा आधिकारीकरुपमा घोषणा हुने अपेक्षा गरिएको छ । एजेन्सी

Global Bank
easy care

प्रकाशित: ९ मंसिर २०७६, सोमबार

ताजा समाचार