अमेरिकी क्यारियरहरुलाई सरकारी अनुदानमा ह्वावे र जेडटिईका उपकरण खरिदमा प्रतिबन्ध

Technology Khabar ९ मंसिर २०७६, सोमबार

अमेरिकी क्यारियरहरुलाई सरकारी अनुदानमा ह्वावे र जेडटिईका उपकरण खरिदमा प्रतिबन्ध

काठमाडौं ।

काठमाडौं । अमेरिकाको फेडेरल कम्यूनिकेसन्स कमिसन(एफसीसी)ले ह्वावे प्रतिबन्धलाई थप कडा पारिदिएको छ । अमेकारिकी टेलिकम क्षेत्रको नियामक निकाय एफसीसीले हालै मतदानमार्फत चीनको ह्वावे र जेडटिई अमेरिकाको लागि राष्ट्रिय सुरक्षा खतरा भएको भन्दै अनुदानमा ती उपकरणहरु प्रयोग नगर्न स्पष्ट पारेको छ ।

एफसीसीले हालै सरकारको ८.५ बिलियन अनुदानमा ग्रामीण क्षेत्रका क्यारियरहरुको लागि प्रयोग हुने उपकरण खरिदमा ह्वावे र जेडटिईका उपकरणहरु प्रयोग गर्न रोक लगाएको हो ।

अब ती ग्रामिण क्यारियरहरुले हालको नेटवर्कहरुबाट ह्वावे टेक्नोलोजीज कम्पनी लिमिटेड र जेडटिई कर्पका उपकरणहरु हटाउनु वा पुनस्थापना गर्नुपर्नेछ । यो कदमले ह्वावेको सबैभन्दा ठूलो अमेरिकी बिजनेस टेलिकम उपकरण फण्डिंगको प्रमुख स्रोतमा नै रोक लागेको छ ।

यो पछिल्लो निर्णय अमेरिकी सरकारले ह्वावे र जेडटिईसँग व्यवसायीक सम्बन्ध राख्न र उपकरणहरु खरिदमा लगाएको रोकको सिलसिला भएको बताईएको छ । यसअघि अमेरिकी सरकारले ह्वावेलाई सुरक्षा खतरा मान्दै कालो सूचीमा राखेको छ ।

अब छानिएका अपरेटरहरुले मात्र ह्वावे र जेडटिईका उपकरणहरु किन्ने अनुमति पाउनेछन र उनीहरुले सो खरिद अमेरिकी अनुदानमा भने गर्न पाउने छैनन् ।

एफसीसीको नयाँ नियमपछि ग्रामीण क्यारियरहरुले परिवर्तन गर्ने उपकरणहरुको लागि करिब २ अर्ब डलर खर्च लाग्ने अनुमान गरिएको छ ।
यो निर्णयमा दुबै कम्पनीहरुले आफ्नो तर्फबाट ३० दिनभित्र प्रतिवाद गर्न सक्नेछन भने अन्तिम निर्णयपछि मात्र सो लागू हुने बताईएको छ । एजेन्सी

easy care

प्रकाशित: ९ मंसिर २०७६, सोमबार