दूरसंचार प्राधिकरणले मेट्रो ट्राफिक एफएममा जनचेतनामुलक संदेश प्रशारण गर्ने

Technology Khabar ८ मंसिर २०७६, आईतवार

दूरसंचार प्राधिकरणले मेट्रो ट्राफिक एफएममा जनचेतनामुलक संदेश प्रशारण गर्ने

काठमाडौं ।

काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणले जनचेतनामुलक सामाग्री प्रशारण गर्न ट्राफिक प्रहरीसँग सहकार्य गरेको छ । प्राधिकरणले हालै ट्रााफिक प्रहरीले संचालन गर्दै आएको मेट्रो ट्राफिक एफएमसँग जनचेतनामुलक संदेश प्रशारण गर्न सम्झौता गरेको हो ।

ट्राफिक प्रहरीको मेट्रो ट्राफिक एफएम ९५.५ मेगाहर्जमा दूरसंचार प्राधिकरणले टेलिकम क्षेत्रसँग सम्बन्धित जनचेतनामुलक संदेश प्रशारण गर्नेछ ।

सो विषयक सम्झौतामा दूरसंचार प्राधिकरणको तर्फबाट उप निर्देशक तथा सूचना अधिकृत संदिप अधिकारी र ट्राफिक मेट्रो एफएमका स्टेशन म्यानेजर कृष्ण बहादुर धितालले हस्ताक्षर गरेको प्राधिकरणले जनाएको छ ।

easy care

प्रकाशित: ८ मंसिर २०७६, आईतवार