५जी मोबाइल नेटवर्कको लागि आईटियूद्धारा नयाँ ब्याण्ड पहिचान

Technology Khabar ८ मंसिर २०७६, आईतवार

५जी मोबाइल नेटवर्कको लागि आईटियूद्धारा नयाँ ब्याण्ड पहिचान

काठमाडौं । अन्तर्राष्ट्रिय टेलिकम्यूनिकेसन यूनियन(आईटियू)ले ५जी मोबाइल नेटवर्कका लागि नयाँ ब्याण्ड पहिचान गरेको छ । हालै आयोजना भएको वल्र्ड रेडियोकम्यूनिकेसन कन्फ्रेन्स २०१९ मा विभिन्न देशका विज्ञहरुले नयाँ अतिरिक्त रेडियो फ्रिक्वेन्सी ब्याण्ड इन्टरनेशनल मोबाइल टेलिकम्यूनिकेसन्स(आईएमटी) को लागि पहिचान गरेका हुन् ।

आईटियूले नयाँ पहिचान गरेका फ्रिक्वेन्सी ब्याण्डहरुमा २४.२५ देखि २७.५गीगाहर्ज, ३७देखि ४३.५ गीगाहर्ज, ४५.५ देखि ४७ गीगाहर्ज, ४७.२ देखि ४८.२ गीगाहर्ज र ६६ देखि ७१ गीगाहर्जसम्म ५जी नेटवर्क जडानका लागि रहेको छ ।

यसैगरि डब्लूआरसी १९ ले अर्थ एक्सप्लोरेशन स्याटेलाइट सर्भिसेसको उपयुक्त संरक्षणको लागि पनि मापदण्ड कायम गरेको छ, जसमा मेटेरोलोजिकल र अन्य प्यासिभ सर्भिसहरु सो समाबेश ब्याण्डमा छन् ।

समग्रमा १७.२५ गीगाहर्ज स्पेक्ट्रम आईएमटीको पहिचान गरिएको छ यसअघि केबल १.९ गीगाहर्ज ब्याण्डविथ मात्र उपलब्ध रहेको थियो । यो नम्बर बाहेक स्पेक्ट्रमको १४.७५ गीगाहर्ज विश्वभर हार्मोनाइज भएको छ जुन विश्वभरको हार्मोनाइजेसनको ८५ प्रतिशत हो ।

यसबाहेक सो कन्फ्रेन्सले ५जीको नयाँ कम्पोनेन्टहरुको लागि नयाँ फ्रिक्वेन्सी पहिचान गर्न अध्ययन गर्ने योजना समेत तय गरेको छ । यसमा उदाहरणको लागि हाई अल्टिच्यूड आईएमटी बेस स्टेशनहरु छन् ।

५जीको स्ट्याण्डर्डको लागि आईटियूमा आईएमटी २०२० नाम प्रयोग गरिएको छ र ५जी परिक्षणहरुसँगै सन् २०२० मा पनि निरन्तर विकास गरिरहने बताईएको छ ।

पहिलो पूर्ण स्तरको ५जीको व्यवसायीक जडान आईएमटी–२०२० स्पेशिफिकेसनहरु लागू भएपछि कुनैबेला हुने अपेक्षा गरिएको छ ।

५जीले मानिसहरु, डाटा, एप्लिकेसनहरु, यातायात प्रणाली र स्मार्ट सिटी, संचार वातावरण नेटवर्कलाई एक आपसमा द्रूतरुपमा जोड्नेछ । यसले निकै ठूलो संख्यामा डाटाहरु अझ तिब्र, भरपर्दोरुपमा आदान प्रदान गर्दछ भने एकैपटक ठूलो संख्यामा डिभाइसहरुलाई कनेक्ट गर्न सकिन्छ ।

यसबाहेक ५जी टेक्नोलोजीले थ्रीडी भिडियो, क्लाउड, रिमोट मेडिकल सर्भिसेज, भच्र्यूअल र अग्मेन्टेड रियालिटी, मसिन टू मसिन कम्यूनिकेसन्सलगायतमा सर्पोट गर्ने अपेक्षा गरिएको छ ।

प्रकाशित: ८ मंसिर २०७६, आईतवार

Comments are closed.

Loading...