गुणस्तर परीक्षण सिस्टम उपलब्ध गराउन ५ कम्पनी प्रतिस्पर्धामा, १५ करोड रुपैयाँको बजेट

Technology Khabar ८ मंसिर २०७६, आईतवार

गुणस्तर परीक्षण सिस्टम उपलब्ध गराउन ५ कम्पनी प्रतिस्पर्धामा, १५ करोड रुपैयाँको बजेट
फाइल फोटो: नेपाल दूरसञ्चार प्राधिकरणको पुरानो कार्यालय भवन

काठमाडौं ।

काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणले मोबाइल सेवाको गुणस्तर परीक्षणको लागि आवश्यक पर्ने उपकरण खरिदको लागि माग गरेको टेण्डरमा ५ वटा कम्पनीको आवेदन परेको छ ।

दूरसंचार प्राधिकरणले मोबाइल सेवाको गुणस्तर परीक्षण गर्नको लागि सेवा गुणस्तर मापन प्रणाली खरिद गर्न प्रस्ताव आव्हान गरेको थियो ।

जसमा सो प्रणालीको आपूर्ति, जडान र संचालनको जिम्मा राष्ट्रिय प्रतिस्पर्धामार्फत दिने उल्लेख थियो । सोहि टेण्डरमा विभिन्न ५ नेपाली कम्पनीहरुले आवेदन दिएका छन् ।

यी चार कम्पनीमा की कन्सेप्ट नेपाल प्रालि, एमएमटिएस जेभी एसपिडिएस, तायल ब्रदर्श, एमएपी जेभी ओबीसीआई प्रालि र ओस्ट्रल कम्प्यूटर नेपाल प्रालिले सो सिस्टमको लागि प्रतिस्पर्धामा सहभागी रहेका छन् ।

करिब १५ करोड लागत अनुमान गरिएको सो प्रणालीको लागि आवदेन दिएका पाँचै कम्पनीहरुको प्राविधिक र वित्तीय प्रस्ताव अध्ययन भईरहेको प्राधिकरणले जानकारी दिएको छ ।

सो ५ कम्पनीहरुमध्ये प्रतिस्पर्धाबाट टेण्डर पाउने कम्पनीले सम्झौता भएको ४ वर्षसम्म मर्मतको समेत जिम्मा लिनुपर्नेछ ।

सो सिस्टम खरिदपछि दूरसंचार प्राधिकरणले अहिले आउने गरेको सेवाग्राहीहरुको गुनासोलाई सम्बोधन गर्दै मोबाइल सेवाको गुणस्तर नियमित परिक्षण गर्नेछ ।

अहिले खरिद गर्न लागिएको सो सिस्टम अत्याधुनिक रहेको र यसले आगामी दिनमा आउने ५जी टेक्नोलोजीमा आधारित सेवाहरुको गुणस्तरसमेत परीक्षण् गर्न सकिने प्राधिकरणका एक अधिकारीले जानकारी दिए ।

easy care

प्रकाशित: ८ मंसिर २०७६, आईतवार