१ अर्ब बढि व्यक्तिगत बिवरण अनलाइनमा भेटियो, विभिन्न सोशल मिडिया यूजर्सका डाटा समावेश

Technology Khabar ८ मंसिर २०७६, आईतवार

१ अर्ब बढि व्यक्तिगत बिवरण अनलाइनमा भेटियो, विभिन्न सोशल मिडिया यूजर्सका डाटा समावेश
Global IME Bank

काठमाडौं ।

काठमाडौं । विभिन्न टेक कम्पनीहरुबाट डाटा लीकको समाचार नियमित जस्तो आउने गरेको छ । अहिले फेरी निकै ठूलो संख्यामा डाटा लीकको घट्ना देखिएको छ र यो घट्नामा कुनै एउटा मात्र नभई विभिन्न कम्पनीहरुको डाटा रहेको बताईएको छ ।

साइबर सेक्यूरिटी रिसर्चर भिन्नी ट्रोईआले गरेको अनुसन्धानअनुसार फेसबुक, लिंक्डइन, र ट्विटरको प्रोफाइल यो डाटा लीकमा समावेश रहेको छ । उनकाअनुसार यी डाटा राखिएका सर्भर सुरक्षित थिएन् ।

यो डाटा लीकमा कुल ४ टेराबाइटको व्यक्तिगत डाटा राखिएको थियो र यसमा १ अर्ब २० करोड व्यक्तिगत विबरणहरु रहेका छन् । तर यसमध्ये कुनैपनि डाटा संवेदनशिल किसिमका नभएको बताईएको छ । यसमा पासवर्ड, क्रेडिट कार्डजस्ता जानकारीहरु छैनन् । तर यी व्यक्तिगत विवरणहरुमा मानिसहरुको बिस्तृत जानकारी र फोन नम्बरहरु समावेश रहेका छन् । जसको उपयोग ह्याकिंगमा हुनसक्ने संभावना रहेको छ ।

वायर्डको रिपोर्टअनुसार यसमा करोडौं यूजर्सको प्रोफाइल रहेको छ जसमा नाम फोन नम्बर र योसंग जोडिएका सोशल मिडियाका प्रोफाइल समावेश छन् । यी सोशल मिडिया प्रोफाइलमा फेसबुक, ट्विटर र लिंक्डइनदेखि गीटहब सम्मका तथ्यांकहरु छन् ।

यसमा पावसर्ड र संवेदनशिल जानकारीहरु नभएपनि ह्याकरहरुले यूजर्सलाई टार्गेट गरेर अन्य जानकारीहरु चोर्न सक्ने संभावना रहेको बताईएको छ ।

ट्रोईआकाअनुसार यी डाटामा लगभल ५ करोड फोन नबरहरु र ६६ करोड २० लाख युनिक इमेल एड्रेस समावेश छ ।

तर सो डाटाबेस किन कसैले सो सर्भरमा राख्यो भन्ने जानकारी छैन् । तर सिपोर्टकाअनुसार जब सर्भरको आइपी ट्रेस गरियो त्यसबाट यो गूगल क्लाउड सर्भिसको भएको पत्ता लागेको छ । यसबाहेक अनुसन्धानकर्ताका अनुसार यो डाटा कहिले र कतिजनाले डाउनलोड गर्ने भन्ने समेत कुनै जानकारी छैन् ।

अनुसन्धानकर्ता ट्रोईआले भेटेका सो डाटा फरक फरक लेभलका साथ सर्भरमा स्टोर गरिएको थियो । र यो सर्भर सान फ्रान्सिस्कोको कम्पनी पीपल डाटा ल्याब्सको हो । तर यो कम्पनीका फाउण्डरले कम्पनीसँग सो डाटा लीक भएको सर्भर नभएको बताए । यसको अर्थ सो सर्भरलाई अरु कसैले प्रयोग गरिरहेको थियो ।

यी डाटाहरु चार फरक फरक सर्भरको हो जसलाई एकै स्थानमा मिलाएर राखिएको थियो । एजेन्सी

Sajilo Visa

प्रकाशित: ८ मंसिर २०७६, आईतवार

तपाइको प्रतिक्रिया

ताजा समाचार