ट्विटरले शुरु गर्यो ‘हाईड रिप्लाईज’ फिचर, ट्विटमा आएका तर मन नपरेका जवाफ लुकाउन सकिने

Technology Khabar ७ मंसिर २०७६, शनिबार

ट्विटरले शुरु गर्यो ‘हाईड रिप्लाईज’ फिचर, ट्विटमा आएका तर मन नपरेका जवाफ लुकाउन सकिने

काठमाडौं ।

काठमाडौं । माइक्रो ब्लगिङ्ग साइट ट्विटरले विश्वव्यापीरुपमा आफ्नो हाइड रिप्लाई फिचर शुरु गरेको छ ।

सो नयाँ हाइड रिप्लाई फिचरमार्फत यूजर्सले आफूलाई अनावश्यक लागेको रिप्लाईलाई नदेखिने बनाउन सक्नेछन् । जसमा उनीहरुले आफूलाई मन नपरेको, विषयवस्तुभन्दा बाहिर रहेको वा छलफलभन्दा बाहिरको विषयहरुलाई सो प्लेटफर्ममा नदेखिने बनाउन सक्नेछन् ।
ट्विटरको हाइड रिप्लाईमा विभिन्न अप्सनहरु रहेका छन्, जसमा अफेन्सिभ, हेटफुल अथवा रेसिस्ट इन नेचर समावेश छन् । नयाँ फिचर कम्पनीले एन्ड्रोयड, आईओएस, ट्विटर लाइट र ट्विटर डटकम सबैमा शुरु गरेको हो ।

हाल तपाईँले गरेको कुनैपनि ट्विटमा अन्य मानिसहरुले जवाफ दिँदा त्यसको टपिक वा छलफलको विषयवस्तुलाई अन्तै मोड्न सक्छन् ।

‘तपाईँले शुरु गरेको कुराकानीमाथि थप नियन्त्रण दिनका लागि हामीले तपाईको ट्विटहरुमा हाइड रिप्लाईड परीक्षण गरेका थियौं, तपाईँको छलफललाई व्यवस्थापन गर्ने नयाँ माध्यमको रुपमा यो फिचरलाई लाभदायक भएको बुझ्यौं,’ ट्विटरले आफ्नो ब्लगमा भनेको छ ।

अब नयाँ फिचरका साथमा जो कोहिले पनि हाइड रिप्लाईज फिचर प्रयोग गर्न सक्दछ । ट्विटहरुमा देखिने ग्रे आइकनलाई ट्याप गरेर जो कोहिले पनि हाइड रिप्लाईज फिचर प्रयोग गर्न सकिन्छ ।

यो नयाँ फिचरले गर्दा यूजरले कुराकानी वा छलफलमा थप नियन्त्रण गर्न सक्दछ भने मानिसहरुले पुरै छलफल भने हेर्न सक्दछन् ।

यो नयाँ अप्सनले मानिसहरु जसले ब्लक वा म्यूट गर्न चाहँदैनन उनीहरुको लागि नयाँ सुविधा हुनेछ । तर यदि तपाईँको फलोअर्सले हाइड रिप्लाईज हेर्न चाहेमा भने उनीहरुले सो आइकन दबाएर लुकाईएको जवाफहरु हेर्न सक्नेछन् ।

यो फिचर शुरुवातमा अमेरिका, क्यानाडा र जापानमा परीक्षण गरिएको थियो । अब भने सबैको लागि उपलब्ध भएको छ । एजेन्सी

Global Bank
easy care

प्रकाशित: ७ मंसिर २०७६, शनिबार

ताजा समाचार