विश्वव्यापी क्लाउड सेवाहरुको बजार बढेर २६६.४ बिलियन डलर पुग्ने प्रक्षेपण

Technology Khabar ७ मंसिर २०७६, शनिबार

विश्वव्यापी क्लाउड सेवाहरुको बजार बढेर २६६.४ बिलियन डलर पुग्ने प्रक्षेपण

काठमाडौं ।

काठमाडौं । सन् २०२० सम्ममा ग्लोबल पब्लिक क्लाउड सेवाहरुको बजारमा १७ प्रतिशतले वृद्धि हुने देखिएको छ । सन् २०१९ मा क्लाउड सेवाहरुको बजार २२७.८ बिलियन डलर रहेकोमा त्यसमा वृद्धि हुँदै एक वर्षमा २६६.४ बिलियन डलर पुग्ने गार्टनर इंकले सार्वजनिक गरेको एक रिपोर्टमा उल्लेख छ ।

सफ्टवेयर सेवाको रुपमा अझै रहने र त्यसले ठूलो बजार हिस्सा लिने प्रक्षेपण गरिएको छ जसमा शुल्कमा आधारित सफ्टवेयरको बजार आगामी वर्ष बढेर ११६ बिलियन डलर पुग्नेछ ।

यसमा दोस्रो ठूलो बजार हिस्सा भएको क्लाउड प्रणाली पूर्वाधार सेवाहरु अर्थात ‘इन्फ्रास्टक्चर एज ए सर्भिज’को हिस्सा भने ५० बिलियन डलर पुग्नेछ ।

त्यस अवस्थामा क्लाउड एडप्सन मूख्य माध्यमको रुपमा आउनेछ र क्लाउड लगानीका साथमा आउने प्रतिफलहरुले गर्दा पनि यो उच्च हुने गार्टनरका रिसर्च भाइस प्रेसिडेन्ट सिड नागले भने ।

क्लाउड प्रणाली पूर्वाधार सेवाहरु वार्षिकरुपमा २४ प्रतिशतले वृद्धि हुने प्रक्षेपण गरिएको छ, जुन यसक्षेत्रको बजार हिस्सामध्ये सबैभन्दा ठूलो वृद्धि हो ।

यस्तो वृद्धिदर आधुनिक एप्लिकेसनहरु र कामको भारले गर्दा हुनेछ जसलाई परम्परागत डाटा सेन्टरहरुले धान्न नसक्ने किसिमका पूर्वाधारहरु आवश्यक हुनेछ ।

अनुसन्धान एजेन्सीकाअनुसार प्रमुख तीन क्षेत्रहरुबिचमा विभिन्न किसिमका क्लाउड कम्प्यूटिंग प्रमुख हुनेछ जसमा कम्पनीहरुले लगानी वृद्धि गर्नेछन् । एजेन्सी

easy care

प्रकाशित: ७ मंसिर २०७६, शनिबार