शाओमीको १००वाट फास्ट चार्जिंग टेक्नोलोजी, १७ मिनेटमै ४,००० एमएएच ब्याट्री पुरै चार्ज हुने

काठमाडौं । पछिल्ला दिनहरुमा स्मार्टफोन कम्पनीहरुले मोबाइल फोन चार्ज प्रविधिमा नयाँ अनुसन्धान र विकास गरिरहेका छन् । यसै सन्दर्भमा चिनियाँ टेक कम्पनी शाओमीले पनि नयाँ फास्ट चार्जिंग टेक्नोलोजीको परीक्षण गरेकोछ ।

शाओमीले १०० वाट फास्ट चार्जिंग टेक्नोलोजीको परीक्षण गरेको हो । कम्पनीकाअनुसार यसले केबल १७ मिनेटमा नै ४,००० एमएएचको ब्याट्रीलाई पुरै चार्ज गर्न सक्दछ ।

यसअघि अर्को चिनियाँ टेक कम्पनी भीभोले पनि १२० वाट सुपर फास्ट चार्जिंग टेक्नोलोजीको परिीक्षण गरेको थियो ।

शाओमीले यो नयाँ चार्जिंग टेक्नोलोजीलाई आउँदो वर्ष आफ्नो स्मार्टफोनमा उपलब्ध गराउनसक्ने अनुमान गरिएको छ । तर कुन स्मार्टफोनमा यो टेक्नोलोजी पहिलो पटक आउँछ भन्ने जानकारी छैन् ।

शाओमीले १०० वाट सुपर चार्ज टर्बो टेक हाई भोल्टेज चार्ज पम्प जुन ९ फोल्ड चार्ज प्रोटेक्सनका साथमा उपलब्ध हुन्छ । कम्पनीकाअनुसार यसमा भएको ७ फोल्ड प्रोटेक्सन मदरबोर्डका लागि हो भने बाँकी २ फोल्ड प्रोटेक्सन ब्याट्रीका लागि हो ।

अहिले सबैजसो स्मार्टफोन कम्पनीले फास्ट चार्जिंग सपोर्ट उपलब्ध गराईरहेका छन् ।