भारतीय स्टेट बैंक अफ इण्डियामा एटिएम कार्ड क्लोन गरेर रकम चोरी, ह्याकरले झिके १ करोड

Technology Khabar ५ मंसिर २०७६, बिहीबार

भारतीय स्टेट बैंक अफ इण्डियामा एटिएम कार्ड क्लोन गरेर रकम चोरी, ह्याकरले झिके १ करोड
सांकेतिक

काठमाडौं । भारतको सबैभन्दा ठुलो नेटवर्क भएको राष्ट्रिय बैंक- स्टेट बैंक अफ इण्डिया(एसबीआई) को कयौं एटिएम कार्डहरु ह्याक भएको छ ।

हालै आएको रिपोर्टअनुसार एसबीआई बैंकको त्रिपुरा अग्रताला, गुवाहाटी, दिल्लीलगायतका शहरहरुबाट कयौं बैंक एकाउन्टहरुमा ह्याक गरेर करिब १ करोड भारु चोरी गरिएको छ । रिपोर्टअनुसार यो कार्ड स्किमिंग भएको अनुमान गरिएको छ ।

विदेशी ह्याकरहरुले बैंकको एटिएम कार्ड प्रयोग गरेर १ करोड भारु झिक्न सफल भएका थिए । यसको लागि ह्याकरहरुले विभिन्न ४५ वटा फरक फरक एकाउन्टहरु प्रयोग गरेका थिए ।

भारतीय प्रहरीले यो ह्याकिंग घट्नामा टर्कीका ह्याकरहरु संलग्न हुनसक्ने आशंका व्यक्त गरेको छ । यो वर्षको शुरुवातमा टर्कीस ह्याकरहरु गुवाहाटीमा रहेका थिए र उनीहरुले एटिएम क्लोन डिभाइसहरु प्रयोग गरेर लाखौं रुपैयाँ चोरेका थिए । हालको ह्याकिंगको घट्नामा टर्कीस र बंगलादेशीहरुको संलग्नता भएको भन्दै चारजनालाई पक्राउ गरेको रिपोर्टमा उल्लेख छ ।

सो घट्नापछि एसबीआई बैंकले कयौं प्रयोगकर्ताहरुको एटिएम कार्डहरु हाल ब्लक गरेको छ । ती कार्डहरु प्राथमिकरुपमा सो शहरका चार एटिएम बुथहरुमा प्रयोग गरिएका थिए ।

प्रहरीकाअनुसार साइबर अपराधीहरुले स्किमिंग डिभाइसहरु प्रयोग गरेर एटिएमहरुबाट रकम झिकेका थिए ।

एटिएम स्किमिंग धेरैजसो हुने धोकाधडी र सजिलो साइबर अपराध हो । टिएमहरुका साथै पोस मेसिनहरुबाट पनि यूजरको व्यक्तिगत जानकारीहरु चोर्न सकिने हुँदा ह्याकरहरुले सहजै एकाउन्टबाट चोरी गर्न सक्छन् । एजेन्सी

प्रकाशित: ५ मंसिर २०७६, बिहीबार

Comments are closed.

Loading...