शाओमी रेडमी नोट ८ र नोट ८प्रो सार्वजनिक, ६४ मेगापिक्सेल क्वाड क्यामरा र ४५०० एमएएच ब्याट्री

Technology Khabar ४ मंसिर २०७६, बुधबार

शाओमी रेडमी नोट ८ र नोट ८प्रो सार्वजनिक, ६४ मेगापिक्सेल क्वाड क्यामरा र ४५०० एमएएच ब्याट्री
Global IME Bank

काठमाडौं ।

काठमाडौं । शाओमी, ग्लोबल टेक्नोलोजी लिडरले बुधबार बहु–प्रतिक्षित रेडमी नोट ८ सिरिजका स्मार्टफोनहरु सार्वजनिक गरेको छ ।

कम्पनीले काठमाडौंमा ब्लगर्स मिटमार्फत रेडमी सिरिजका आफ्ना दुई नयाँ स्मार्टफोनहरु सार्वजनिक गरेको छ । सो कार्यक्रममा शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर सौरभ कोठारीले दुबै फोनको विशेषताहरुको बारेमा जानकारी दिएका थिए ।

क्वाड क्यामेरा सेटअप भएको विश्वकै पहिलो रेडमी नोट ८ सिरिजले बजारमा ग्राहकहरुलाई निकै आकर्षित गर्ने कम्पनीको भनाई छ ।

‘स्मार्टफोन श्रेणीमै रेडमी नोट सिरिज अब्बल रहँदै आएका छन् । प्रत्येक रेडमी नोटले प्रविधिका पर्खालहरु नाघेर यथास्थीतिलाई चुनौति दिँदै भ्यालु प्रोपोजिशनलाई पुनःपरिभाषित गरेको छ । हामी ६४ एमपी क्वाड–क्यामेरा बिस्ट–रेडमी नोट ८ प्रो सार्वजनिक गर्न पाउँदा निकै खुशी छौं । विश्वकै ६४ एमपी क्यामेराका साथ हेलियो जी९०टी चिपसेट भएको यो स्मार्टफोनले गेमिङ र फोटोग्राफीमा नयाँ बेन्चमार्क कायम गर्नेछ,’ शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर सौरभ कोठारीले भने ।

रेडमी नोट ८ प्रो – ६४ एमपी क्वाड क्यामेरा बिस्ट
शक्तिशाली ६४ एमपी क्वाड क्यामेरा सेटअप र समान सक्षम चिपसेट भएको रेडमी नोट ८ प्रो एक सर्वोत्कृष्ट फोन हो । यसको फ्रन्ट क्यामेरा सेटअपमा २० एमपी सेल्फी सुटर छ । अक्टा–कोर हेलियो जी९०टी मोबाइल प्लेटफर्मले यो सेग्मेन्टमा बेजोड गेमिङ क्षमता ल्याएको छ ।

रिफ्रेस औरा डिजाइनमा अद्भुत गाम्मा ग्रिन कलर र डुअल कोर्निङ गोरिला ग्लास ५ भएको रेडमी नोट ८ प्रो सुन्दर, इग्रोनोमिक डिजाइनको दुर्लभ संयोजन हो । एक पूर्ण ज्म्ं १६.५ सीएम (६.५३) डट नोच डिस्प्ले र १९.५ः९ एसपेक्ट रेसियोका साथ यसको सबै भागमा पातलो बेजल छ । रेडमी नोट ८ प्रो को रिअरमा ८.८ एमएम मोटाइ भएको कर्बड ग्लास रहेको छ जसले यसलाई हातमा राख्दा सजिलो महशुस गराउछ ।

कौशल कम्प्युटिङमा ठुलो
मिडियाटेक हेलियो जी९०टी मा ६ं२ आर्किटेक्चरको विशेषता रहेको छ जसमा ६ वटा एआरएम कोर्टेक्स ए५५ कोर्स छ जुन २.० गीगाहर्जसम्म चल्छ भने २.०५ गीगाहर्जसम्म चल्ने दुई कोर्टेक्स ए७६ कोर्सले भारी काम पनि सजिलै होओस् भनेर सुनिश्चित गर्दछ । यो क्वाड–कोर माली जिपियू जी७६ ८०० मेगाहर्जले गेमिङ पर्फमेन्शमा उच्चतम गुणस्तर कायम रहोस् भनि सुनिश्चित गर्दछ ।

शाओमीको सुधारिएको लिक्वीड कुल प्रविधिले अपरेटिङ तापक्रम कम गर्दै लामो अवधिसम्म कायम रहने पिक परफरमेन्स सुनिश्चित गर्दछ । ८ जीबीसम्म र्याम क्षमता भएको रेडमी नोट ८ प्रो एक शक्तिशाली गेमिङ स्मार्टफोन हो । एक अतिरिक्त वाइफाइ एक्स एन्टेनाले निर्बाध गेमिङको अनुमति दिन्छ यसको मतलब रेडमी नोट ८ प्रो मा टियूभी रेइल्याण्डको TÜV Rheinland’s नेटवर्क लेटेन्सी प्रमाणीकरण छ ।

६४ एमपी क्वाड क्यामेरा सेटअप
पहिलो पटक रेडमी नोट सिरिजमा ४ वटा क्यामेरा छ । यसमा फोटो र भिडियोका लागि ६४ एमपी मुख्य क्यामेरा, १२० डिग्री दृश्यका साथ अल्ट्रा वाइड एङगल लेन्स, डेप्थ सेन्सर र म्याक्रो लेन्स रहेको छ जसले २ सीएमसम्म दृश्यको नजिक पुर्याउछ । यसले रेडमी नोट ८ प्रो लाई अत्यन्त बहुमुखी इमेजिंग टुल बनाएको छ जसमा प्रयोगकर्ताहरुले विभिन्न परिपे्रक्ष्य र दृश्यहरु खिच्न सक्छन् ।

विश्वकै पहिलो ६४ एमपी स्मार्टफोन, रेडमी नोट ८ प्रो मा परिष्कृत इमेजिंग प्रविधिको प्रयोग गरिएको छ जसले तस्वीरहरु तीव्र, विस्तृत र आकर्षक रंग उचित ढंगले खिच्दछ । कम प्रकाशमा, रेडमी नोट ८ प्रो को मुख्य क्यामेराले स्वचालित रुपमा सुपर पिक्सल ट्रिगर गर्दछ र ४ पिक्सलबाट प्राप्त भएको जानकारीलाई एउटैमा मिलाएर प्रयोगकर्तालाई अविश्वसनीय विवरण सहित १६ एमपी सट प्रदान गर्दछ ।

एलेक्सा बिल्ट–इन विथ डुअल वेक
रेडमी नोट ८ प्रो अमेजन एलेक्सा बिल्ट इन सार्वजनिक गर्ने नेपालकै पहिलो स्मार्टफोन हो । यसले प्रयोगकर्ताहरुलाई अन्तक्र्रिया गर्न र एकैपटक विभिन्न कार्यहरु कार्यान्वयन गर्न मद्दत गर्दछ जसमा संगीत बजाउने पनि समावेश छ तर यतिमा मात्रै सिमित छैन, द्रुत समाचार अपडेट प्राप्त गर्दै, स्मार्ट होम नियन्त्रण गर्ने, रियल टाइममा मौसमको जानकारी प्राप्त गर्ने र एलेक्सा कीवर्ड प्रयोग गरेर एलेक्साको हजारौं मध्यको एक सीप चयन गर्न पनि सकिन्छ ।

रेडमी नोट ८ प्रो डुअल वेक भएको विश्वकै पहिलो स्मार्टफोन हो जसमा दुवै गुगल एसिस्ट र अमेजन एलेक्सा एकैसाथ प्रयोग गर्न सकिन्छ ।

४५०० एमएएच ब्याट्रीको साथमा १८ वाटको चार्जिङ
प्रयोगकर्ताहरुको प्रतिक्रियालाई मध्यनजर गर्दै रेडमी नोट ८ प्रो मा ठुलो क्षमता भएको ४,५०० एमएएच ब्याट्री मात्र नभएर आउट अफ बक्स १८ वाटको यूएसबी टाइप–सी फास्ट चार्जिङ पनि छ । प्रयोगकर्ताहरुले १८ वाट्ट फास्ट चार्जिङको लाभ लिन सक्छन् जुन आउट अफ बक्स हो त्यस बाहेक अरु के चाहियो ।

रेडमी नोट ८–४८ मेगापिक्सेल क्वाड अल राउन्डर
रेडमी नोट ८ ४८ एमपी क्वाड क्यामेरा सेटअप सहित लोकप्रिय नोट ७ एसको अलराउन्ड अप्ग्रेड हो । ६.३ इन्च डट नोच डिस्प्लेको र औरा फ्लुइड डिजाइनले सुसज्जित रेडमी नोट ८ मा अविश्वसनीय इमर्सिभ फूलएचडी प्लस भिजुअल अनुभव प्रदान गर्दछ जसको प्रभावशाली स्क्रिन–टु–बडी रेसियो ९० प्रतिशत रहेको छ । डिस्प्लेले ब्लु लाइटलाई फिल्टर गरेर प्रयोगकर्तालाई आखाँको तनावबाट जोगाउँदै आरामदायी अवलोकन अनुभव प्रदान गर्दछ । यसमा कोर्निङ गोरिला ग्लास ५को प्रयोग गरिएको छ र प्रयोगकर्ताले अपग्रेटेड स्थायित्वको अपेक्षा गर्न सक्दछन् र यसले अगाडि र पछाडिको भागलाई दुर्घटनाबस खस्दा र सामान्य गिरावटबाट जोगाउछ । यसका साथै रेडमी नोट ८ मा पी२आई न्यानो कोटिङ छ जसले स्प्लास प्रतिरोधी बनाउँछ ।

रेडमी नोट ८ एक फोटोग्राफी पावर हाउस हो जसको रियरमा क्वाड क्यामरा सेटअप छ । यसको ४८ एमपी अल्ट्रा हाई रिजोलोशन प्राइमरी क्यामरासहित ८ एमपी अल्ट्रा वाईड क्यामरा, १२० डिग्री फिल्ड भ्यू, २ एमपी म्याक्रो लेन्स, २ एमपी डेप्थ सेन्सरले कुनै पनि दुरिका आकर्षक तस्वीर खिच्न मद्दत गर्दछ ।

रेडमी नोट ८ को अघिल्लो भागमा १३ एमपी सेल्फी क्यामरा छ जसको ारद्द।ण् अपर्चर र बिल्ट–इन एआई प्रविधिले प्रयोगकर्तालाई प्रत्येक पटक पर्फेक्ट सेल्फी खिच्न मद्दत गर्दछ । फ्रन्ट क्यामेरामा प्यानोरमा सेल्फीको विशेषता पनि छ जसमा ग्रुपका सबैलाई समेटेर तस्वीर लिन सकिन्छ र यो रेडमी नोट सिरिजमा पहिलो पटक समावेश गरिएको हो ।

क्वालकम स्न्यापड्रागन ६६५ मोबाइल प्लेटफर्मले पावर इफिसेन्सी कायम गर्दै उत्कृष्ट परफरमेन्स प्रदर्शन गर्दछ जसमा ४००० एमएएच ब्याट्री र आउट अफ बक्स टाइप सी १८ वाट्ट चार्जिङ रहेको छ ।

उपलब्धता
रेडमी नोट ८, ६ जीबी प्लस ६४ जीबी र ६ जीबी प्लस १२८ जीबी भेरियन्टमा क्रमश रु १८,९९९ मा रु २३,९९९ मा उपलब्ध हुनेछ । यो फोन तीनवटा कलर भेरियन्ट– मुनलाईट ह्वाइट, स्पेश ब्लाक र नेप्च्यून ब्लुमा रहेका छन् ।

रेडमी नोट ८ प्रो, ६ जीबी प्लस ६४ जीबी, ६ जीबी प्लस १२८ जीबी र ८ जीबी प्लस १२८ जीबी स्टोरेज भेरियन्टमा रु २६,९९९, रु २९,९९९ र रु ३२,९९९ मा क्रमश उपलब्ध हुनेछ । यो फोन तीनवटा कलर भेरियन्ट–गामा ग्रिन, हलो ह्वाइट र स्याडो ब्ल्याकमा रहेका छन् ।

दुवै फोनहरु मंसिर ४ गतेदेखि सम्पूर्ण एमआईका अधिकृत पार्टनर, तथा अनलाइनमा डराज सस्तो डिलमा उपलब्ध हुने कम्पनीले जनाएको छ ।

Sajilo Visa

प्रकाशित: ४ मंसिर २०७६, बुधबार

तपाइको प्रतिक्रिया

ताजा समाचार