माइक्रोसफ्टको ‘वर्कप्ले मेसेजिंग एप’ टिम्समा दैनिक २ करोड बढि सक्रिय सदस्य

Technology Khabar ४ मंसिर २०७६, बुधबार

माइक्रोसफ्टको ‘वर्कप्ले मेसेजिंग एप’ टिम्समा दैनिक २ करोड बढि सक्रिय सदस्य
Classic Tech
Nepal Telecom

काठमाडौं । माइक्रोसफ्ट कर्पले आफ्नो वर्कप्लेस मेसेजिंग एप टिम्समा २ करोड भन्दा बढि सक्रिय यूजर्सले दैनिकरुपमा प्रयोग गरिरहेको जानकारी दिएको छ ।

यसअघि माइक्रोसफ्टको वर्कप्लेस मेसेजिंग एप टिम्समा यसअघि जुलाई महिनासम्ममा १ करोड ३० लाख सक्रिय यूजर्स रहेका थिए ।

सफ्टवेयर मेकर कम्पनीले अफिस ३६५ बिजनेस प्याकेजको एक भागको रुपमा सो एप उपलब्ध गराउँछ र यो निशुल्क भर्सन हो । टिम्सले यूजरहरुलाई च्याट गर्न, फाइलहरु शेयर गर्न र कल गर्ने सुविधाका साथै वेब भिडियो कन्फ्रेन्सहरु समेत गर्ने सुविधा दिन्छ ।

माइक्रोसफ्ट टिम्स विश्वभर धेरै कम्पनीहरुले प्रयोग गर्ने गरेका छन भने यसमा जनरल इलेक्ट्रिक, एसएपीलगायत रहेका छन् ।

माइक्रोसफ्टको टिम्सले हाल स्लाक टेक्नोलोजीज इंकसँग प्रतिस्पर्धा गरिहेको छ । स्लाकका ग्राहकहरु भने इलेक्ट्रोनिक्स आर्टस इंक र नोर्डस्ट्रोम इंकलगायतका कम्पनीहरु छन् । स्लाकमा गएको जुलाईसम्ममा १ करोड दैनिक सक्रिय यूजर्सहरु रहेको रिपोर्ट आएको थियो ।

यसबाहेक माइक्रोसफ्टको टिम्सले बजारमा फेसबुक इंकको वर्कप्लेस र सिस्को सिस्टम इंकको वेबेक्स टिमससँग प्रतिस्पर्धा गरिरहेको छ । एजेन्सी

TK Viber

प्रकाशित: ४ मंसिर २०७६, बुधबार

Loading...