हिमालय एअरलाइन्स् दक्षिण पश्चिम चीनसँग जोडिँदै, काठमाडौंबाट गुइयाङ् उडान शुरु

Technology Khabar ४ मंसिर २०७६, बुधबार

हिमालय एअरलाइन्स् दक्षिण पश्चिम चीनसँग जोडिँदै, काठमाडौंबाट गुइयाङ् उडान शुरु

काठमाडौं ।

काठमाडौं । हिमालय एयरलाइन्स्, नेपाल–चीन संयुक्त अन्तर्राष्ट्रिय वायुसेवा उद्यम, काठमाडौं र गुइयाङ (गुईझाउ प्रान्तको राजधानी शहर) जोड्ने नयाँ सेवा सुरु गरेको छ ।

नेपाल भ्रमण बर्ष २०२० को संघारमा एयरलाइन्स्ले नयाँ बजार पहिचान गरेसँगै यसले त्यस प्रान्तबाट नेपाल भ्रमणमा आउने सम्भावित पर्यटकलाई प्रवद्र्धन र ध्यानाकर्षण गराउने उद्देश्य राखेको छ । प्रत्येक बर्ष धेरैभन्दा धेरै पर्यटकलाई आकर्षण गर्ने सहर गुइयाङ चीनको प्रमुख पर्यटकीय शहर हो । हिमालय एअरलाइन्स् प्रत्येक मंगलबार काठमाडौंबाट गुइयाङका लागि उडान भर्नेछ र सोहि दिन फर्कनेछ । हिमालय एअरलाइन्स् यी दुई शहरबीच सिधा उडान गर्ने एकमात्र एअरलाइन्स् हो ।

नयाँ सेवा विस्तारसँगै नेपालीहरुले चीनमा नयाँ गन्तव्यस्थलका निम्ति सरल, मितव्ययी र सिधा सञ्जालको सुविधा पाउन सक्नेछन् । उद्घाटन उडान काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मङ्सिर ३ गते स्थानीय समय १०ः२५ मा गुइयाङ्का लागि आफ्नो पहिलो उडान भरेको छ र चीनको गुइयाङ् लोङडोङबाओ अन्तर्राष्ट्रिय विमानस्थलमा स्थानीय समय १५ः५८ मा अवतरण गरेको छ । आवागमन उडान गुइयाङ्को लोङडोङबाओ अन्तर्राष्ट्रिय विमानस्थलबाट स्थानीय समय १८ः०८ मा फर्किएको छ र सोही दिन काठमाडौं अन्तर्राष्ट्रिय विमानस्थलमा स्थानीय समय १९ः३६ मा अवतरण गरेको कम्पनीले जानकारी दिएको छ ।

‘चीन हाम्रो प्रमुख लक्षित बजार मध्य एक हो । हामीले नियमितरुपमा सम्भावित रुटहरुको अध्ययन गरिरहेका छौं र काठमाडौंबाट गुइयाङ उडान भर्ने यात्रुहरुको लागि यो उत्कृष्ट रोजाईको गन्तव्यस्थल हुनेछ । चिनियाँ बजारमा राम्रो पहुँचका लागि हामी नयाँ दुईवटा गन्तव्यस्थलस् चाङ्सा र नान्चाङ्मा पुग्ने योजना बनाइरहेका छौं । गुइयाङको यो नयाँ उडानले व्यावसायिक र पर्यटकीय चिनियाँ यात्रुहरुका छनौट र सुविधाहरु उपलब्ध गराउँदै निर्वाध सञ्जालको विकल्पहरु उपलब्ध गराउनेछ,’ प्रशासन उपाध्यक्ष विजय श्रेष्ठले भने ।

गुईयाङ–काठमाडौं नयाँ सञ्जाल सँगै एउटा ठूलो तवरले नेपालको पर्यटन अर्थतन्त्रमा आफ्नो योगदान पु¥याउने विश्वास लिएको कम्पनीले जनाएको छ ।

Global Bank
easy care

प्रकाशित: ४ मंसिर २०७६, बुधबार

ताजा समाचार