Technology Khabar ३ मंसिर २०७६, मंगलवार
काठमाडौं ।
काठमाडौं । विश्वको सबैभन्दा ठूलो कन्ज्युमर इलेक्ट्रोनिक्स एवं स्मार्टफोन ब्राण्ड, सामसङले हालै आफ्नो लोकप्रिय ग्यालेक्सी ए शृंखलामा सबैभन्दा नयाँ स्मार्टफोन ग्यालेक्सी ए७०एस प्रस्तुत गरेको छ । यसमा ग्यालेक्सीको अत्याधुनिक इनोभेसन समाविष्ट रहेको छ । नयाँ ग्यालेक्सी ए७०एस मा ६४ मेगापिक्सलको प्राइमरी शूटरको साथ ट्रिपल क्यामरा सेटअप, आकर्षक नयाँ डिजाइन, सम्पूर्ण भिज्युअल अनुभव, शक्तिशाली ब्याट्री एवं सहजै कनेटक्ट गर्न सकिने सुविधा विद्यमान रहको छ ।
यस समूहको सबैभन्दा उत्कृष्ट ६४ मेगापिक्सलको प्राइमरी क्यामरा एवं नाइट मोड तथा सुपर स्टेडी भिडियोको साथ ग्यालेक्सी ए७०एस स्मार्टफोन फोटोग्राफी एवं भिडियोग्राफीको लागि अझै उत्कृष्ट बन्न पुगेको कम्पनीको भनाई छ ।
नयाँ ग्यालेक्सी ए७०एस मा उल्लेखनीय विशेषता रहेको छ, यसमा ६४ मेगापिक्सलको क्यामरा, एक्सन भिडियो शूट गर्नको लागि सुपर स्टेडी मोड एवं कम उज्यालोको अवस्थमा पनि उत्कृष्ट फोटो खिच्नको लागि नाइट मोड रहेको छ । यसमा एआई गेम बुस्टर, ४५०० एमएएचको ब्याट्री, तथा २५ वाटको सुपरफास्ट चार्जिङ्ग जस्ता विशेषताहरुले आजका युवाहरुको सम्पूर्ण आवश्यकतालाई सहजै पूरा गरी स्मार्टफोनको उत्कृष्ट अनुभव प्रदान गर्दछ,” सामसङ मोबाइल बिजिनेस हेड प्रणय रत्न स्थापितले भने ।
सबैभन्दा खास शक्तिशाली क्यामरा
क्यामराको आवश्यकतालाई ध्यानमा राखेर नयाँ ग्यालेक्सी ए७०एस आकर्षक ६४ मेगापिक्सलको ट्रिपल रियर क्यामरा प्रस्तुत गरेको छ । दिन वा रात हरेक समयमा फोटो खिच्नको लागि यो फोन समर्थ रहेको छ । कम उज्यालोको अवस्थमा पनि आकर्षक फोटो खिच्नको लागि यसमा नाइट मोड रहेको छ यसमा एक्सनको अवस्थाको भिडियो पनि स्मुथ खिच्न सकिन्छ । यसमा ८ मेगापिक्सलको अल्ट्रावाइट क्यामरा रहेको छ, जसले मानव आँखाले जस्तो देख्दछ त्यस्तै १२३ डिग्रीको भिउङ्ग कोणबाट फोटो खिच्न सकिन्छ । यसमा ५ मेगापिक्सलको लाइभ फोकस लेन्स रहेको छ जसले शानदार फोटो खिच्नको लागि सहयोग मिल्छ ।
यसमा इनोभेटिभ अलाइभ क्यामरा फिचर रहेको छ, जसले फोटो खिच्दाको अवस्थमा उत्कृष्ट फोटोलाई छनौट गर्न सहयोग गर्दछ । साथै यसमा रहेको इन्टलिजेन्ट सीन अप्टिमाइजरले कुनै पनि वस्तुमा केन्द्रित रहेको अवस्थमा वस्तु अनुसार कलर, कन्ट्रास्ट एबं ब्राइटनेसलाई मिलाई फोटोको गुणस्तरीयतालाई अझै बृद्धि गर्न सहयोग पु¥याउँदछ र यसले आफै त्यस्ता वस्तुहरुको फोटोलाई अप्टिमाइज गर्दछ । यसमा फोटोलाई टेक्स्टमा रुपमान्तरण गर्ने विशेषता पनि रहेको छ ।
रोचक भिज्युअल अनुभव
नयाँ ग्यालेक्सी ए७०एस मा ६.७ इन्चको एफएचडी इन्फिनिटी–यू डिस्प्ले रहेको छ । यसमा प्रयोगकर्ताले सम्पूर्ण भिज्युअल गतिविधिलाई एज टु एज अनुभव प्राप्त गर्न सक्षम हुनुहुने छ । यो फोन प्रयोगकर्ताहरुलाई गेमिङ्ग, भिडियो हेर्न, मल्टिटास्किङ्ग, ब्राउजिङ्ग आदिको दौरान उत्कृष्ट भिज्युअल अनुभव प्राप्त हुन्छ । सामसङको आफ्नै सुपर एमोलेड प्रविधिले डिस्प्लेलाई अझै जीवन्त तुल्याएको छ साथै यसले उत्कृष्ट क्रिस्प भिडियोको स्ट्रीमिङ्गलाई सम्भव बनाएको छ । ग्यालेक्सी ए७०एस मा डल्बी एटमस रहेको छ, जसले ३६० डिग्री सराउन्ड साउन्डको अनुभव प्रदान गर्दछ ।
शक्तिशाली कार्यक्षमता
आजको व्यस्त जीवनशैली अनुरुप ग्यालेक्सी ए७०एसमा अक्टाकोर क्वालकम स्न्यापड्रागन ६७५ प्रोसेसर लगाईएको छ, जसले धेरै कार्यहरु सहजै गर्न सक्षम हुनेछ । यो ६ जीबी ¥याम मा उपलब्ध रहेको छ । ग्यालेक्सी ए७०एसले मल्टीटास्किङ्गमा धेरै सहज र सुगम अनुभव प्रदान गर्दछ यसका साथै एआई पावर्ड गेम बुस्टर फ्रेमको दरमा सुधार गर्दछ । गेमिंगको पफरमेन्सलाई उत्कृष्ट बनाई ठूला गेमहरु पनि निरन्तर लामो समयसम्म खेल्न सकिन्छ ।
ग्यालेक्सी ए७०एस मा शक्तिशाली ४५०० एमएएचको व्याट्री तथा २५ वाटको सुपरफास्ट चार्जिंग, रहेको हुँदा पूरा दिनभर शेयर, स्ट्रिम तथा गेमिङ्गको स्वतन्त्रता दिन्छ ।
अद्वितीय जियोमेट्रिक प्याटर्न एवं पछाडी भविष्यगामी होलोग्राफिक इफेक्टद्वारा आकर्षक डिस्प्लेसँग ग्यालेक्सी ए७०एस स्टाइलिश लुक एण्ड फिल उपलब्ध रहेको छ । ७.९ मि.मि. मा यो स्लीक स्मार्टफोन तीन रङ्गहरुमा प्रिज्म क्रश रेड, प्रिज्म क्रश व्हाइट र प्रिज्म क्रश ब्ल्याकमा उपलब्ध रहेको छ ।
मूल्य तथा उपलब्धता
ग्यालेक्सी ए७०एस ६जीबी र्याम र १२८ जीबी स्टोरेजको मूल्य ४८ हजार ८९० रुपैयाँ तोकिएको कम्पनीले जनाएको छ ।
प्रकाशित: ३ मंसिर २०७६, मंगलवार