Technology Khabar ३ मंसिर २०७६, मंगलवार
काठमाडौं ।
काठमाडौं । माइक्रोसफ्टले आफ्नो कोर्टाना एपलाई एन्ड्रोयड र आईओएस दुबैबाट हटाउने भएको छ । यसअघि कोर्टाना एपलाई दुबै प्लेटफर्ममा कम्पनीले एआई असिस्ट्यान्टको रुपमा लन्च गरेको थियो । तर अहिले कम्पनीले आफ्नो निर्णयमा परिवर्तन गर्दै त्यसलाई आगामी जनवरी ३१ देखि बन्द गर्ने भएको छ ।
कम्पनीले कोर्टाना एपलाई पूर्णरुपमा बन्द गर्ने नभई केहि क्षेत्रहरुमा बन्द गर्न लागेको हो ।
हालै आएको रिपोर्टअनुसार माइक्रोसफ्टले बेलायत, क्यानाडा र अष्ट्रेलियामा कोर्टाना एपलाई पूर्णरुपमा बन्द गर्नेछ । तर आफ्नो गृह देश अमेरिकामा भने निरन्तरता दिईनेछ ।
हालै माइक्रोसफ्टको वेबसाइमा आएको पोष्टकाअनुसार बन्द भएका देशहरुमा प्रयोगकर्ताले एपभित्र सिर्जना गरेको कन्टेन्टहरुलाई विण्डोज कोर्टानामार्फत निरन्तरता दिन सकिनेछ ।
माइक्रोसफ्टले कोर्टानालाई छिटै नै आफ्नो माइक्रोसफ्ट ३६५ प्याकेजसँग जोड्ने तयारी गरिरहेको छ । यदपि स्वतन्त्ररुपमा रहेको कोर्टाना एपलाई भने कम्पनीले हटाएको छ ।
जनवरी ३१ देखि अमेरिकी जायन्टले माइक्रोसफ्ट लन्चरको नयाा भर्सन लन्च गर्नेछ र त्यसको नयाँ भर्सनमा कोर्टाना एप हुनेछैन् ।
प्रकाशित: ३ मंसिर २०७६, मंगलवार