प्रमुख ५ ल्यापटप ब्राण्डको बिक्री अक्टोबर महिनामा संयुक्तरुपमा १३ प्रतिशतले घट्यो

Technology Khabar २ मंसिर २०७६, सोमबार

प्रमुख ५ ल्यापटप ब्राण्डको बिक्री अक्टोबर महिनामा संयुक्तरुपमा १३ प्रतिशतले घट्यो
स्थानिय पसलमा ल्यापटप हेर्दै ग्राहकहरु । फाइल फोटो

काठमाडौं ।

काठमाडौं । विश्वका प्रमुख ५ नोटबुक ब्राण्डहरुको अक्टोबर महिनामा आफ्नो बिक्रीदरमा करिब १३ प्रतिशत कमी आएको देखिएको छ । तर यो कमी अघिल्लो वर्षको सोहि महिनाको तुलनामा भने सुधारजनक रहेको छ ।

ल्यापटप निर्माता हेलवेट प्याकाड्र्स(एचपी)ले अक्टोबर महिनामा १६ प्रतिशतको बिक्रीमा कमी आएको बताएको छ, जसमा कम्पनीले आफ्नो व्यवसायलाई पुर्नसंरचना गर्न लागेको र बिदालाई कारक मानिएको छ । त्यस्तै चीनको घरेलु बजारमा कमजोर माग हुँदा लेनोभोको बिक्रीमा पनि सो अवधिमा २० प्रतिशतको कमी देखिएको डिजिटाइम्सले जनाएको छ ।

अमेरिकी कम्पनी डेलको बिक्रीमा भने सुधार देखिएको छ । प्रमुख पाँच ल्यापटप कम्पनीहरुमध्ये डेलको बिक्री मात्र सकारात्मक रहेको छ ।

डेलको बिक्री बढ्नुमा उत्तर अमेरिकी इन्टरप्राइजेज बजारमा ससक्त बिक्री हुनु हो । यसै बिक्रीका साथै सो महिनामा डेलले लेनोभोको विश्वको दोस्रो ल्यापटप शिपमेन्ट कम्पनीको स्थान हात पारेको छ ।

यसबाहेक प्रमुख तीन नोटबुक ओडिएमहरुले संयुक्तरुपमा आफ्नो ढुवानीमा कमी आएको बताएका छन् ।

Global Bank
easy care

प्रकाशित: २ मंसिर २०७६, सोमबार