टिकटक एप डाउनलोड संख्या १ अर्ब ५० करोड नाध्यो, गत वर्षको तुलनामा ६ प्रतिशत वृद्धि

Technology Khabar १ मंसिर २०७६, आईतवार

टिकटक एप डाउनलोड संख्या १ अर्ब ५० करोड नाध्यो, गत वर्षको तुलनामा ६ प्रतिशत वृद्धि

काठमाडौं ।

काठमाडौं । सोसियल भिडियो एप टिकटकले १ अर्ब ५० करोड डाउनलोड प्राप्त गरेको छ । विश्वभर एप स्टोरहरुमा र गूगल प्ले स्टोरहरुको संख्या जोड्दा डेढ अर्बको डाउनलोड पार गरेको हो ।

यसमध्ये सबैधन्दा धेरै डाउनलोड भारतमा रहेको छ, जहाँ ४६ करोड ६८ लाख डाउनलोड हासिल गरेको छ । तथ्यांकअनुसार कुल डाउनलोड र इन्स्टलमध्ये भारतको हिस्सा ३१ प्रतिशत रहेको छ ।

सेन्सर टावरकाअनुसार सन् २०१९ मा सो एपले कुल ६१ करोड ४० लाख डाउनलोड हासिल गरेकोछ र यो गत वर्षको तुलनामा ६ प्रतिशतले अधिक हो ।

टिकटक एप भारतमा मात्रै यो वर्ष २७ करोड ७६लाख डाउनलोड भएको छ जुन विश्वभरको डाउनलोड र इन्स्टलमध्ये ४५ प्रतिशत हो । त्यसपछि टिकटक सबैभन्दा धेरै डाउनलोड हुने देशमा चीन रहेको छ जहाँ ४ करोड ५५ लाख डाउनलोड रहेको छ । अमेरिकामा भने ३ करोड ७६ लाख डाउनलोड भएको देखिएको छ ।

यो तथ्यांकमा आधिकारीक एप स्टोरबाहेक थर्ड पार्टि स्टोरहरुको डाउनलोडलाई जोडिएको छैन् ।

अनलाइन गेमभन्दा बाहेकको एप डाउनलोड हुनेमा टिकटक तेस्रो स्थानमा रहेको छ । यस्तो सूचीमा पहिलो स्थानमा ह्वाट्सएप ७० करोड ७४ लाख इन्स्टलसहित पहिलो स्थानमा रहेको छ भने फेसबुक मेसेन्जरको डाउनलोड ६३ करोड ६२ लाख रहेको छ ।

Global Bank
easy care

प्रकाशित: १ मंसिर २०७६, आईतवार

ताजा समाचार