भारतीय टेलिकम रिलायन्स कम्यूनिकेसन्सको निर्देशक पदबाट अनिल अम्बानीले दिए राजीनामा

Technology Khabar १ मंसिर २०७६, आईतवार

भारतीय टेलिकम रिलायन्स कम्यूनिकेसन्सको निर्देशक पदबाट अनिल अम्बानीले दिए राजीनामा

काठमाडौं ।

काठमाडौं । भारतीय टेलिकम क्षेत्रमा कुनैबेला निकै चर्चामा रहेको र हाल वित्तीय अवस्था टाट पल्टिएको रिलायन्स कम्यूनिकेसन्स (आरकम)को निर्देशकबाट अनिल अम्बानीले राजीनामा दिएका छन् ।

विश्वकै धनीको सूचीमा रहेका मुकेश अम्बानीका भाई अनिल अम्बानीको कम्पनी यसअघि टाट पल्टिएपछि चर्चामा रहेको थियो ।

कम्पनीले हालै नियमनकारी निकायमा दर्ता गरेको फाइलअनुसार निर्देशकबाट अम्बानीसहित चाछा भिरानी, राईना करानी, मन्जरी कक्कर, सुरेश रंगाछरले आरकमको निर्देशकहरुबाट राजीनामा दिएका हुन् ।

यसअघि कम्पनीका श्री मनिकान्तन भीले पनि कम्पनीको निर्देशक र प्रमुख वित्तीय अधिकारीको पदबाट राजीनामा दिईसकेको सो फाइलमा उल्लेख छ ।

आरकम हाल वित्तीयरुपमा टाट पल्टिएको घोषणापछिको प्रकृयामा रहेको छ, जसले सर्वोच्च अदालतको आदेशपछि बाँकी बक्यौताहरु भुक्तानीको लागि दायित्वमा जुलाई–सेप्टेम्बर २०१९ को अवधिमा ३० हजार १४२ करोड भारु छुट्याउँदा घाटामा रहेको छ । एजेन्सी

easy care

प्रकाशित: १ मंसिर २०७६, आईतवार

ताजा समाचार