यी हुन् पहिलो त्रैमासमा नेपाल टेलिकमको आम्दानी र नाफा घटाउने समस्या र चुनौतीहरु

Technology Khabar १ मंसिर २०७६, आईतवार

यी हुन् पहिलो त्रैमासमा नेपाल टेलिकमको आम्दानी र नाफा घटाउने समस्या र चुनौतीहरु

काठमाडौं ।

काठमाडौं । नेपाल टेलिकमको चालु आर्थिक वर्षको पहिलो त्रैमासमा नाफा घटेको छ । कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार गत वर्षको पहिलो त्रैमासको अवधिको तुलनामा यो वर्षको सोहि अवधिमा करिब २१ करोड रुपैयाँले नाफा कम भएको हो ।

कम्पनीले चालु आवको पहिलो त्रैमासिमा कुल ३ अर्ब २४ करोड ६७ लाख खुद नाफा आर्जन गरेको छ । गतवर्ष सोहि अवधिमा कम्पनीले ३ अर्ब ४५ करोड ७५ लाख खुद नाफा कमाएको थियो ।

यसैगरि कम्पनीले सेवा बिक्री गरेबापत हुने आम्दानीमा पनि कमी आएको देखिएकोछ । कम्पनी यस अवधिमा ४५ करोड रुपैयाँ कम आम्दानी गरेको हो । टेलिकमले पहिलो त्रैमासिमा ९ अर्ब ४ करोड रुपैयाँ सेवाग्राहीबाट आम्दानी गरेको छ भने सोहि अवधिमा गत वर्ष ९ अर्ब ४९ करोड रुपैयाँ आर्जन गरेको थियो ।

संचालन र प्रशासनिक खर्च बढाएको नेपाल टेलिकमले आफ्नो व्यवसायको प्रबद्र्धनमा हुने खर्च भने घटाएको छ । कम्पनीले बिक्री माध्यम, बजारीकरण र प्रर्बद्धन लागत चालु आवको पहिलो त्रैमासमा ११ करोड ८१ लाख रुपैयाँ खर्च गरेको छ । यस्तो खर्च सोहि अवधिमा गत वर्ष ४३ करोड ८४ लाख रुपैयाँ रहेको थियो ।

कम्पनीको चुक्ता पूँजी १५ अर्ब रुपैयाँ रहेकोमा जगेडा कोषमा भने ८९ अर्ब ४६ करोड रुपैयाँ जम्मा भएको छ ।

कम्पनीले आम्दानी घट्नुमा यसअघिको जस्तै चुनौतीहरु कारण्क रहेको देखाएको छ । टेलिकमकाअनुसार चालु आवको पहिलो त्रैमासमा आम्दानी घटाउने चुनौतीहरु यस्ता छन्

समस्याहरु तथा चुनौतीहरु

बाह्य

  • बजार प्रतिस्पर्धा
  • तिब्र गतिमा विकास र विस्तार भईरहेको टेलिकम प्रविधिहरु
  • अन्तराष्ट्रिय कल ट्राफिकको घट्दो प्रवृत्ति
  • ग्राहकहरुको स्वाद र प्राथमिकतामा आएको परिवर्तनहरु
  • सेवाहरुको बारेमा ग्राहकहरुको अपेक्षा
  • प्रमुख रोजगार क्षेत्रहरुमा कामदार माइग्रेसनको सुस्त वृद्धि

आन्तरिक

  • कामदारहरुको कार्य तरिकामा परिवर्तन
  • सेवाहरुको गुणस्तर सुधारमा परियोजनाहरुको बिस्तारमा भएको लामो विकासको प्रकृया
  • सेवा प्रदान र मर्मतमा ढिलाई

नेपाल टेलिकमले बाह्य चुनौतीको रुपमा बजार प्रतिस्पर्धालाई पहिलो स्थानमा राखेको देखिन्छ भने अर्कोतर्फ आफ्नो व्यवसाय र सेवाको प्रबद्र्धनमा गरिने खर्चलाई कटौती गरेर आफैं अस्पष्ट नीतिमा रहेको देखिएको छ ।

easy care

प्रकाशित: १ मंसिर २०७६, आईतवार