हिमस्टारको हातखाली नजाने “अजबको गज्जब” योजना सम्पन्न

Technology Khabar १ मंसिर २०७६, आईतवार

हिमस्टारको हातखाली नजाने “अजबको गज्जब” योजना सम्पन्न
Classic Tech

काठमाडौं । गोल्छा ग्रुपको भगिनी संस्था हिम इलेकट्रोनिक्स प्रा.लि. ले दशैं, तिहार र छठको अवसर पारेर सार्वजनिक भएको ‘अजबको गज्जब’ योजना सार्वजनिकगरेको थियो जुन भब्य रुपमा सम्पन्न भएको छ । ग्राहकको उत्साहजनक प्रतिक्रियाले, कम्पनीले आफ्नो लक्षित टार्गेट भन्दा बढी बिक्रि भएको जनाएको छ ।

कम्पनीले बडा दशैं, तिहार तथा छठको अवसर पारेर ल्याएको सो योजनामा ग्राहकहरुले हिमस्टारका टिभी, रेफ्रिजेरेटर, डिप फ्रिज तथा ए.सी. लगायतको खरिदमा हिमस्टारका ड्राई आइरन, स्टिम आइरन, ब्लेन्डर, मिक्स्चर, ग्राइन्डर तथा ३ वर्ष वारेन्टी सहित निशुल्क एसी जडान प्राप्त गरेको कम्पनीले जनाएको छ ।

TK Viber

प्रकाशित: १ मंसिर २०७६, आईतवार

Loading...