कर्मचारीले सामाजिक संजालमा सरकारविरुद्ध बोले वा लेखेमा पेन्सन रोकिन सक्ने

Technology Khabar १ मंसिर २०७६, आईतवार

कर्मचारीले सामाजिक संजालमा सरकारविरुद्ध बोले वा लेखेमा पेन्सन रोकिन सक्ने

काठमाडौं ।

काठमाडौं । निजामती कर्मचारीहरुलाई सामाजिक संजाल प्रयोगमा कडाई गर्नेगरि सरकारले कानून ल्याउने तयारी गरेको छ ।

सामाजिक संजाल(फेसबुक, ट्विटर)लगायतमा सरकार वा राज्यविरुद्धका अभिव्यक्ति दिएको खण्डमा कर्मचारीहरुको पेन्सन समेत रोक्ने गरि सरकारले कानून ल्याउन लागेको हो ।

हाल प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमा छलफलको क्रममा रहेको निजामती सेवा ऐन विधेयकमा सरकारले सामाजिक संजालमा राज्य वा सरकारविरुद्ध अभिव्यक्ति दिएमा पनि निवृत्तिभरण(पेन्सन) रोकिने व्यवस्था राखिएको छ ।

सो विधेयकमा निवृत्तिभरण नपाने अवस्था बारेमा उल्लेख गरिएको दफामा सो व्यवस्था राख्न लागिएको हो । सो दफाको बुँदा नम्बर (घ)मा ‘सामाजिक संजाल वा कुनै संचारमाध्यममार्फत सामाजिक द्धेष वा कलह बढ्ने र हिंसा भड्किने गरी सरकार वा राज्यविरुद्ध कुनै अभिव्यक्ति दिएको वा गोप्य राख्नुपर्ने सूचना खुलासा गरेको पुष्टि भएमा,’ भन्ने व्यवस्था राखिएको छ ।

माध्यम

Global Bank
easy care

प्रकाशित: १ मंसिर २०७६, आईतवार