क्यान महासंघको अध्यक्ष पदमा सुनैना घिमिरे पाण्डेको उम्मेदवारी, यी हुन् समूह सदस्यका उम्मेदवार

Technology Khabar ३० कार्तिक २०७६, शनिबार

क्यान महासंघको अध्यक्ष पदमा सुनैना घिमिरे पाण्डेको उम्मेदवारी, यी हुन् समूह सदस्यका उम्मेदवार
क्यान महासंघको आसन्न निर्वाचनमा अध्यक्ष पदका लागि आफ्नो उम्मेदवारी घोषणा गर्दै सुनैना घिमिरे पाण्डे
Classic Tech

काठमाडौं । कम्प्यूटर एसोसिएसन नेपाल (क्यान महासंघ)को आसन्न निर्वाचनको लागि सुनैना घिमिरे पाण्डेको समूहले आफ्नो उम्मेदवारी घोषणा गरेको छ ।

क्यान महासंघको निर्वाचनको अध्यक्ष पदमा वर्तमान उपाध्यक्ष सुनैना घिमिरे पाण्डेले शनिवार आयोजित घोषणा सभामार्फत आफ्नो उम्मेदवारीका साथै समूहको उम्मेदवारीसमेत घोषणा गरिन् ।

घोषणासभामा बोल्दै अध्यक्षका प्रत्यासी पाण्डेले आफूले क्यानलाई सूचना प्रविधिको क्षेत्रमा ससक्त र सबल र अनुसन्धानमुलक संस्थाको रुपमा अगाडि बढाउने बताउनु भयो । उहाँले सूचना तथा संचार प्रविधिको क्षेत्रमा कार्यरत जनशक्ति, विज्ञ र व्यवसायीहरुको एकमात्र छाता संगठन क्यान महासंघलाई सहि नीति र नेतृत्वले मात्र अगाडि बढाउन सक्ने भन्दै आफूलाई अत्यधिक मतले निर्वाचित गराउन आग्रह गरिन् ।

‘क्यान महासंघलाई गैर राजनीतिक संस्थाको रुपमा सुरक्षित राख्दै सूचना तथा संचार प्रविधिमा नेपालको एकमात्र सर्वोच्च संस्थाको रुपमा स्थापित गराउनेछु, त्यसैगरि स्टार्टअप कम्पनीहरुलाई प्रोत्साहन गर्ने र आईसीटी बोर्ड गठन गर्न पहल गर्नेछु,’ अध्यक्षका प्रत्यासी पाण्डेले भनिन् ।उनले सरकारको डिजिटल नेपाल फ्रेमवर्क अभियान साकार पार्न सहयोग गर्ने र क्यान महासंघलाई स्मार्ट क्यान बनाउने योजना पनि सार्वजनिक गरिन्।

‘मेरो टिमको तर्फबाट आईसीटी इन्डष्ट्रि डाटालाई व्यवस्थित गरी यस क्षेत्रमा सन् २०२४ सम्ममा ५ लाख रोजगारी बढाउन यथोचित भूमिका निर्वाह गर्नेछु,’ उनले भनिन् ।

घोषणा सभामा सुनैना घिमिरे पाण्डे समूहको तर्फबाट उम्मेदवारहरुको समेत घोषणा र परिचय गराईएको थियो ।

यसअघि नै अध्यक्षका अर्का प्रत्यासी नवराज कुँवर समूहले आफ्नो उम्मेद्वारी घोषणा गरिसकेको छ ।

यी हुन् टिम सुनैनाको तर्फबाट उम्मेदवारहरु-

अध्यक्ष सुनैना घिमिरे पाण्डे

संस्थागत आजिवन सदस्यतर्फ

बिक्रम सिंह, टिम एसिया नेपाल प्रालि
ई. समीर प्रधान, सिल्भरक्रेष्ट नेटवक्र्स प्रालि
अहमद खान, एप्टेक कम्प्यूटर एजुकेसन प्रालि

संस्थागत सदस्यतर्फ
विश्व राम बलामी, स्वस्तिक डिस्ट्रिब्युसन प्रालि
अरुण वंशल, हाई–टेक ईन्जिनियरिङ्ग प्रालि
उमेश रघुबंशी, ईन्फो डेभलपर्स प्रालि
रणजित कुमार पोद्दार, साथी ट्रेडिङ्ग ईन्टरनेशनल प्रालि
बुद्ध रत्न मानन्धर, यु–सफ्ट कम्प्यूटर प्रालि
सरिता सिंह कायस्थ, ओसियन कम्प्यूटर प्रालि
नुच्छे महर्जन, नेसनल कम्प्यूटर वल्र्ड प्रालि

व्यक्तिगत आजिवन सदस्यतर्फ
हेमपाल श्रेष्ठ
सुमन लाल प्रधान
ई. अमीत अग्रवाल

व्यक्तिगत सदस्यतर्फ
रेग बहादुर भण्डारी
चन्द्र विलास भुर्तेल
ई. गुण केशरी प्रधान
ई. बसन्त लिङ्गथेप
डा.श्रीधर मरासिनी
रुपेश भक्त श्रेष्ठ
सुष्मा शर्मा

प्रादेशिक सदस्य समुह सदस्यतर्फ
प्रदेश १
ठाकुर कुमार श्रेष्ठ– सुनसरी
भुपेन्द्र मैनाली– झापा
प्रदेश २
जितेन्द्र रौनियार– रौतहट
सरोज बाबु न्यौपाने – सर्लाही
प्रदेश ३
श्यामकल श्रेष्ठ– मकवानपुर
जयराम हुमागाई– काभ्रे
गण्डकी प्रदेश
जगन बहादुर गुरुङ्ग– कास्की
कृष्ण पौडेल(कुमार)– बाग्लुङ्ग
कर्णाली प्रदेशः
पुर्णदेव अधिकारी– सुर्खेत
सुदुर पश्चिम प्रदेशः
मनोहर कुमार श्रेष्ठ– कैलाली
खेमराज ढुङ्गाना– अछाम

लेखा समिति सदस्यतर्फः
राजु कट्टेलः व्यक्तिगत समुहबाट
केशव भट्टराईः संस्थागत समुहबाट
नारायण क्षेत्रीः जिल्ला शाखा समुहबाट

यस्ता छन सुनैना समूहको एजेण्डाहरु-

  • क्यान महासंघ अन्तर्गत केन्द्र तथा जिल्ला शाखाहरुमा रहेका विषयगत, संस्थागत तथा व्यक्तिगत सदस्यहरुको हक, अधिकार सुनिश्चित गर्न सबै प्रकारका सदस्यहरुको समान हैसियत स्थापना गर्न विधानलाई पूर्ण महासंघीय अवधारणा अनुरुप हुनेगरी आवश्यक संशोधन गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने ।
  • क्यान महासंघको केन्द्र, प्रदेश र जिल्लाहरुलाई आर्थिक रुपमा सक्षम बनाउन आर्थिक स्रोतहरुको पहिचान गरी विभिन्न योजनाहरु तथा कार्यक्रमहरु संचालन गर्ने ।
  • सूचना तथा संचार प्रविधिको विकास, प्रवद्र्धन तथा आर्थिक समृद्धिको संवाहक बनाउनका लागि नेपाल सरकारका संघ, प्रदेश तथा स्थानीय सरकारी निकायसंग समन्वय गरी सो सम्बन्धि ऐन, कानून, नीति निर्माणमा सहयोग गर्ने ।
  • सूचना तथा संचार प्रविधिको विकासका लागि सरकारी निकायसंग समन्वय गरी राष्ट्रिय नीति निर्माणमा सहयोग गर्ने ।
  • सूचना तथा संचार प्रविधि सम्बन्धि उद्योगका र सेवाहरुलाई नेपाल सरकारको प्राथमिकता क्षेत्रका रुपमा सुचिकृत गर्न आवश्यक पहल गर्ने ।
  • सूचना तथा संचार प्रविधि सम्बन्धि पेशा, व्यवसाय, उद्योगका तथ्यांकहरु (क्ष्ऋत् क्ष्लमगकतचथ म्बतब) व्यवस्थित गरी साझा हक हितका लागि कार्य गर्ने वातावरण तयार गर्ने ।
  • आधुनिक नवीनतम प्रविधिको प्रयोग मार्फत क्यान महासंघका सबै सदस्यहरूको सदस्यताको विवरण, नवीकरण तथा प्रोफाइलिङको लागि अनलाईन पोर्टललाई व्यवस्थित गर्ने ।
  • क्यान महासंघमा आवद्ध भएका सबै नयाँ पुराना सदस्यहरुलाई सूचना प्रविधिले तय गरेका राष्ट्रिय तथा अन्तराष्ट्रिय अवसरहरूमा पहुँच प्रदान गर्ने तथा अग्रज सदस्यहरुलाई साथ लिएर यस संस्थाको गरिमालाई उच्च राख्न पहल गर्ने ।
  • क्यान महासंघले .शुरु गरेको महासंघको आफ्नै भवन निर्माणको अभियानलाई पूर्णता दिदै प्रदेश कार्यालयको तहसम्म सो अभियान शुरु गर्ने ।
  • क्यान महासंघलाई गैह्र राजनैतिक संस्थाको रुपमा सुरक्षित राख्दै सूचना प्रविधिको विषयमा छलफल, बहस र समस्या समाधान गर्ने पेशागत र व्यावसायिक संस्थाको रुपमा विकास गर्ने । साथै क्यान महासंघ र व्यवसायीहरुको वीचमा निरन्तर अन्तर सम्वाद गर्न ऋयलकगतिष्लन ल्यतष्अभ द्ययबचम स्थापना गर्ने ।
  • क्यान महासंघलाई सूचना तथा सञ्चार प्रविधिमा नेपालको एक मात्र सर्वोच्च संस्था (ब्उभह द्ययमथ) को रुपमा स्थापित गरी संस्थामा आवद्ध व्यावसायीहरुको व्यवसायलाई प्रबद्र्धन गर्ने, पेशागत हक, हित र व्यापारलाई सहजीकरण गर्न नेपाल सरकार र सम्बन्धित निकायहरुसंग आवश्यक समन्वय गर्ने ।
  • ब्क्इऋक्ष्इ, ध्क्ष्त्क्ब् तथा क्षेत्रीय तथा अन्तर्राष्ट्रिय स्तरका सूचना तथा संचार प्रविधि सम्बन्धी संघ संगठनहरुसंगको सम्बन्धलाई थप प्रभावकारी बनाउनुका साथै समान उद्देश्य भएका अन्य संस्थाहरुसंग समन्वय गरी सूचना प्रविधिको क्षेत्रमा वैदेशिक लगानी भित्र्याउन पहल गर्ने । नेपाल सरकारले घोषणा गरेको ख्क्ष्क्क्ष्त् ल्भ्एब्ी द्दण्द्दण् लाई सूचना प्रविधि मैत्री बनाउन पर्यटन बोर्डसंग आवश्यक समन्वय गरी पूर्णरुपमा सफल पार्न सहयोग गर्ने ।
  • नयाँ उद्यमीलाई सूचना तथा संचार प्रविधि उद्योगमा स्थापित गर्न प्रोत्साहन गर्ने र उत्कृष्ट क्तबचतगउ कम्पनीहरूलाई प्रोत्साहन तथा सम्मानका कार्यक्रमहरु ल्याइने छ ।
  • नेपालमा सूचना तथा संचार प्रविधि शिक्षा, सफ्टवेयर तथा हार्डवेयर उद्योगलाई प्रवद्र्धन तथा संरक्षण गर्न औद्योगिक वातावरण सिर्जना गरी यस क्षेत्रमा सन् २०२४ सम्म ५ लाख सम्म रोजगारी बढाउन यथोचित भूमिका निर्वाह गर्ने ।
  • नेपालमा सूचना तथा संचार प्रविधिको विकास, विस्तार र यसलाई देश विकासको औजारको रुपमा व्यवस्थित गर्न सूचना प्रविधि बोर्ड (क्ष्ऋत् द्ययबचम) गठन गर्न पहल गर्ने ।
  • सूचना तथा संचार प्रविधि क्षेत्रका न्चबमगबतभ, प्राज्ञिक तथा पेशाकर्मीहरुको सीप, क्षमता र ज्ञानको उच्चतम तथा प्रभावकारी ढंगबाट परिचालनका लागि आईसिटी काउन्सील स्थापना गर्न आवश्यक भूमिका निर्वाह गर्ने ।
  • क्यान महासंघको केन्द्र, प्रदेश र जिल्ला शाखाहरुलाई आधुनिक प्रविधिमा स्तरोन्नती गर्दै स्मार्ट क्यान बनाउने । यसै क्रममा इलष्लिभ ख्यतष्लन को व्यवस्था, क्ष्त् म्ष्चभअतयचथ एयचतब िको संचालन, क्ष्ऋत् च्भकभबचअज बलम व्यगचलब िएयचतब िको संचालन साथै नेपाल सरकारको म्ष्नष्तब िल्भउब िँचबmभधयचप अभियान साकार पार्न क्यान महासंघ मार्फत् सक्रिय भूमिका निर्वाह गर्ने ।
  • विश्वबजारका प्रतिस्पर्धी सूचना तथा संचार प्रविधिका जनशक्ति तयार गर्न विश्वविद्यालय, अनुसन्धान केन्द्र तथा तालिम केन्द्रहरूसँग समन्वय गरी क्ष्लमगकतचथ र ब्अबमझथ बीचको खाडल घटाउन र व्यद च्भबमष्लभकक जनशक्ति तयार गर्न ँष्लष्कजष्लन क्अजयय िको अवधारणा सिर्जना गर्ने । साथै क्ष्ऋत् न्चबमगबतभ हरुका लागि क्ष्ऋत् व्यद एयचतब ितथा क्ष्लतभचलकजष्उ भ्हअजबलनभ एचयनचबm संचालन गर्ने ।
  • सूचना तथा संचार सम्बन्धी नवीनतम प्रविधिलाई प्रयोग गर्दै दीगो विकासको लक्षलाई कार्यान्वयन गर्नको लागि सहयोगीको भूमिका निर्वाह गर्ने ।
TK Viber

प्रकाशित: ३० कार्तिक २०७६, शनिबार

Loading...