Technology Khabar ३० कार्तिक २०७६, शनिबार
काठमाडौं ।
काठमाडौं । स्मार्टफोन मेकर भीभोले आफ्नो एस सिरिजको नयाँ स्मार्टफोन भीभो एस५ (Vivo S5) चीनमा लन्च गरेको छ । कम्पनीले यो स्मार्टफोनमा पंच होल डिस्प्ले डिजाइन राखेको छ भने क्वाड रियर क्यामरा सेटअप रहेको छ ।
यो डिभाइसको रियर क्यामरा सेटअपको डिजाइन नयाँ किसिमको रहेको छ जसलाई डायमण्ड शेप क्यामरा मोड्यूल छ, जसमा तीन सेन्सरहरुछन भने चौथो सेन्सर क्यामरा मोड्यूलको बटममा राखिएको छ ।
भीभो एस५ स्मार्टफोनमा ६.४४ इन्चको फूल एचडी प्लस ओएलईडी डिस्प्ले राखिएको छ भने यसमा इन डिस्प्ले फिंगरप्रिन्ट सेन्सर रहेको छ । यसबाहेक यसमा डिसी डिमिंगको सपोर्ट पनि रहेको छ ।
भीभो एस५ स्मार्टफोनमा क्वालकम स्न्यापड्रागन ७१२ प्रोसेसर छ भने ८ जीबी र्याम रहेको छ ।
फोनमा पावरको लागि ४,१०० एमएएचको ब्याट्री प्याक छ भने २२.५ वाटको फ्ल्याश चार्ज सपोर्ट रहेको छ ।
भीभोले ल्याएको नयाँ स्मार्टफोनमा रियर क्वाड क्यामरा सेटअप रहेको छ । जसमा ४८ मेगापिक्सेलको मूल्य क्यामरासहित ८ मेगापिक्सेल प्लस २ मेगापिक्सेल प्लस ५ मेगापिक्सेलको क्यामरा सेन्सर छ । सेल्फीका लागि भने ३२ मेगापिक्सेलको फ्रन्ट फेसिंग क्यामरा रहेको छ ।
भीभोले यसमा केहि टर्बो फीचरहरु राखेको छ जसमा सेन्टर टर्बो, एआई टर्बो, कुलिंग टर्बो, नेट टर्बो, गेम टर्बो र नयाँ एआरटी प्लस प्लस टर्बो रहेको छन् ।कम्पनीकाअनुसार यी फीचरहरुले यूजर्सलाई अप्टिमम परफरमेन्स अफर दिन्छ ।
भीभो एस५ को ८ जीबी र्याम र १२८ जीबी स्टोरेज भेरिएन्टको मूल्य २,६९८ यूआन अर्थात करिब ४६ हजार रुपैयाँ तोकिएको छ भने ८ जीबी र्याम र २५६ जीबी स्टोरेजको मूल्य २,९९८ यूआन अर्थात करिब ५१ हजार रुपैयाँ तोकिएको छ ।
भीभो एस५ स्मार्टफोन चीनमा नोभेम्बर २२ तारिखदेखि बिक्री शुरु हुनेछ भने अन्य बजारमा कहिले उपलब्ध हुन्छ भन्ने जानकारी छैन् ।
नेपाली बजारमा भीभोले एस सिरिजको एस १ स्मार्टफोन लन्च गरेको थियो भने छिटै भीभो एस १ प्रो ल्याउने तयारी गरिरहेको छ । तर यो नयाँ स्मार्टफोन भीभो एस ५ आउँछ वा आउँदैन भन्ने जानकारी छैन् ।
प्रकाशित: ३० कार्तिक २०७६, शनिबार