अमेरिकी पेन्टागनको १० बिलियन डलर टेण्डर माइक्रोसफ्टलाई दिईएकोमा अमेजनद्धारा अपिल

Technology Khabar २९ कार्तिक २०७६, शुक्रबार

अमेरिकी पेन्टागनको १० बिलियन डलर टेण्डर माइक्रोसफ्टलाई दिईएकोमा अमेजनद्धारा अपिल
NTC_Advt

काठमाडौं ।

काठमाडौं । टेक कम्पनी अमेजनले हालै अमेरिकाका पेन्टागनले माइक्रोसफ्ट कर्पलाईअवार्ड गरेको १० बिलियन डलर बराबरको क्लाउड कम्प्यूटिंगको बारेमा चुनौती दिने बताएको छ ।

पेन्टागनले केहि समयअघि १० बिलियन डलर बराबरको क्लाउड कम्प्यूटिंग, कम्प्यूटर खरिदलगायतका विषयहरुको ठेक्का माइक्रोसफ्टलाई दिएको थियो । सो ठेक्का अवार्डमा निकै विवाद भएको थियो ।

कम्पनीले गत शुक्रबार नोटिस दर्ता गरेको छ र सो ज्वाइन्ट इन्टरप्राइज डिफेन्स इन्फ्रास्ट्रक्चर क्लाउड(जेडी)को बारेमा गरिएको निर्णयलाई रोक्न माग गरेको छ ।

अमेजनको अमेजन वेब सर्भिसका सिईओ एण्डि जस्सीले अमेरिकी एजेन्सीको सो अवार्ड निर्णयलाई चुनौती दिने बताएको र विशेषगरि अमेरिकी राष्ट्रपतिले एउटा प्रतिस्पर्धीको बारेमा विरोध गर्नुले नियतबस गरिएको जस्तो देखिएको बताएका थिए ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेजन र त्यसका संस्थापक जेफ बेजोसको बारेमा निकै आलोचना गर्दै आएका छन् । राष्ट्रपति ट्रम्पले अमेजनको जेडीको लागि गरिएको बीडको अध्ययन भईरहेको र अन्य प्रतिस्पर्धीहरुले गरेको गुनासोबारे अध्ययन भईरहेको बताएका थिए । एजेन्सी

प्रकाशित: २९ कार्तिक २०७६, शुक्रबार