मोटोरोलाको पहिलो फोल्डेबल फोन ‘मोटो रेजर’ सार्वजनिक, फ्लिप डिजाइनका साथ ६.२ इन्चको स्क्रीन

Technology Khabar २८ कार्तिक २०७६, बिहीबार

मोटोरोलाको पहिलो फोल्डेबल फोन ‘मोटो रेजर’ सार्वजनिक, फ्लिप डिजाइनका साथ ६.२ इन्चको स्क्रीन

काठमाडौं । लेनोभोको स्मार्टफोन ब्राण्ड मोटोरोलाले आफ्नो पहिलो फोल्डेबल स्मार्टफोन सार्वजनिक गरेको छ । कम्पनीले अमेरिकामा फोल्डेबल स्मार्टफोन मोटोरोला रेजर(मोटो रेजर) लन्च गरेको हो ।

कम्पनीले निकै महिनादेखिको अनुमानहरु र हल्लाहरुलाई चिर्दै पहिलो फोल्डेबल फोन ल्याएको हो । नयाँ स्मार्टफोनमा फेक्जिबल स्क्रीन राखिएको छ जुन परम्परागत फ्लिप स्टाइलमा पुरै फोल्ड हुन्छ ।

यो स्मार्टफोनमा फोनको बाहिरको भागमा पनि सानो स्क्रीन राखिएको छ यसलाई क्विक भ्यू एक्सटर्नल डिस्प्ले नाम दिएको छ । यूजर्सले यो सानो स्क्रीनमा नोटिफिकेसन, म्यूजिक, गूगल असिस्टेन्टलगायतका फीचरहरु फोन नखोलेर नै प्रयोग गर्न सक्दछन् ।

कम्पनीले यसअघिको आफ्नो परम्परागत फोल्डेबल फोनलाई परिवर्तन गरेर नयाँ डिजाइनमा फोल्डेबल स्मार्टफोनको रुपमा ल्याएको हो ।

हाल मोटोरोला रेज अमेरिकी बजारमा मात्र उपलब्ध हुनेछ भने खरिद गर्नको लागि प्रि रजिस्ट्रेशन गर्नुपर्नेछ । अमेरिकामा यसको बिक्री २०२० जनवरी ९ तारिखदेखि शुरु हुनेछ । यसबाहेक कम्पनीले भारतको आफ्नो मोटोरोला इण्डिया साइटमा पनि यसको तस्विरहरु राखेको छ ।
मोटो रेजर फोल्डेबल फोनमा सिम जडान गर्नको लागि कुनै पोर्ट छैन र यसमा ई सिम सपोर्ट हुनेछ ।

यो फोन हेर्दा यसअघि २०१४ मा आएको मोटो रेजको जस्तै छ । यसमा पहिलेको जस्तै कब्र्ड बटम चिन राखिएको छ तर यसको डिजाइन र साइजमा भने परिवर्तन गरिएको छ ।

यसको स्क्रीन फ्लिप डिजाइनमा छ र यो बाहिर तर्फ खुल्दछ । बाहिरको स्क्रीनमा भने रियर क्यामरा राखिएको छ र क्विक भ्यू डिस्प्लेको सहयोगबाट सेल्फी खिच्न सकिन्छ ।

मोटो रेजर २०१९ को मूल्य १,४९९.९९ अमेरिकी डलर तोकिएको छ ।

मोटो रेजर २०१९ भर्सनमा ६.२ इन्चको फोल्डेबल पीओएलईडी एचडी डिस्प्ले राखिएको छ । क्विक भ्यू डिस्प्लेको साइज २.७ इन्च छ भने यसमा जीओएलईडी डिस्प्ले प्रयोग गरिएको छ ।

क्वालकम स्न्यापड्रागन ७१० अक्टा कोर प्रोसेसर राखिएको यो फोल्डेबल फोनमा ६ जीबी र्याम र १२८ जीबी आन्तरिक स्टोरेज रहेको छ ।
फोटोका लागि फोनमा १६ मेगापिक्सेलको सिंगल रियर क्यामरा तथा सेल्फीका लागि फ्रन्टमा ५ मेगापिक्सेल क्यामरा राखिएको छ ।

फोनलाई पावर दिन २,५१० एमएएचको ब्याट्री प्याक रहेको छ भने यसमा १५ वाट टर्बोपावर चार्जिंग सपोर्ट गर्दछ । फोनमा यूएसबी टाइप सी पोर्ट, एनएफसी सपोर्ट, ब्लूटूथ ५.०, वाईफाई, जीपीएसलगायतका फीचर छन् ।

प्रकाशित: २८ कार्तिक २०७६, बिहीबार

Comments are closed.

Loading...